डेडिकेटेड र ट्रंकलाइन विवाद टुङ्गियो : धरौटीमा लाइन जडान गर्ने सहमति
काठमाडौँ । उच्चस्तरीय छलफलमा डेडिकेटेड तथा ट्रंकलाइन विवादमा मध्यमार्गी प्रस्तावमा सहमति भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको छलफलबाट दुवै पक्षलाई स्वीकार्य हुने मध्यमार्गी प्रस्ताव अघि सारिएको हो । प्रधानमन्त्रीको कार्यकक्षमा सोमबार भएको उक्त बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, सम्बन्धित सचिवहरू र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सहभागी थिए।
छलफलमा तयार गरिएको प्रस्तावअनुसार, उद्योगीहरूले नेपाल विद्युत् प्राधिकरणले माग गरेको २८ किस्तामध्ये एक किस्ताको बराबर रकम ‘किस्ता’ नभई ‘विवादित रकम’का रूपमा धरौटी राख्ने व्यवस्था हुनेछ । उक्त धरौटी बुझाएपछि काटिएका विद्युत् लाइनहरू पुनः जडान गरिने भएको छ ।
यसरी धरौटी बुझाउने उद्योगीहरूलाई पुनरावलोकन वा कानुनी उपचार खोज्ने अधिकार यथावत् रहने व्यवस्था प्रस्तावमा उल्लेख गरिएको छ । साथै, प्राधिकरणमा निवेदन दिँदा उद्योगीहरूले आफ्ना असहमति र पुनरावलोकनका कारण स्पष्ट रूपमा उल्लेख गर्न सक्ने व्यवस्था पनि राखिएको छ।
यसअघि विवाद समाधानका लागि महासंघ अध्यक्ष ढकालले आइतबार नै प्रधानमन्त्री कार्की र अर्थमन्त्री खनालसँग भेट गरी पहल गरेका थिए।
एक्सप्रेस
सम्बन्धित खबर
बौद्ध गेटअगाडि महिलाको आत्मदाह प्रयास, ५० प्रतिशतभन्दा बढी शरीर जल्यो
काठमाडौँ । बौद्धमा खाजाघर सञ्चालन गर्दै आएकी एक महिलाले बौद्ध गेटअगाडि आत्मदाहको प्रयास गरेकी छिन्। आत्मदाहको प्रयासबाट उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको छ । काभ्रेको तिमाल स्थायी घर भई हाल बौद्धमा बसोबास गर्दै आएकी २७ वर्षीया सालु गुरुङले सोमबा...
आज हरितालिका तीज : व्रतको शास्त्रीय महत्त्व, पौराणिक कथा र विधि
काठमाडौँ । आज हिन्दू धर्मावलम्बी नारीहरू देवादिदेव महादेवको पूजा–आराधना गरी हरितालिका तीज मनाउँदैछन्। भाद्र शुक्ल पक्षको तृतीया तिथिका दिन हरितालिका व्रत तीजको व्रत बस्ने परम्परा छ । महर्षि आपस्तम्बले उल्लेख गरेअनुसार चतुर्थीसहितको तृतीया तिथि यस...
आज १३औं राष्ट्रिय पोसाक एवं टोपी दिवस
काठमाडौँ । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औं राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहे...
यी हुन् सधैँ जाम हुने दाउन्नेका वैकल्पिक मार्गहरु
नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी रूपमा सञ्चालन हुने भएको छ। नारायणघाट–बुटवल सडक विस्तार गर्नुका साथै उक्त खण्डमा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले एक...
जनपक्षीय विद्यार्थी युनियनको शैक्षिक हड्ताल घोषणाले उपत्यकाका निजी विद्यालय बन्द
काठमाडौँ । जनपक्षीय विद्यार्थी युनियन, नेपालले उपत्यकाव्यापी शैक्षिक हड्ताल घोषणा गरेसँगै निजी विद्यालयहरूमा आज पठन पाठन नहुने भएको छ । विद्यालयहरुले धमाधम अभिभावकहरुलाई सूचना जारी गर्दै विद्यालय बन्द गरिएको जनाएका छन् । उनीहरुले विद्यालयको...
साउन १५ मा खिर खाने मौलिक परम्परा, आज आठौँ राष्ट्रिय खिर दिवस मनाइँदै
काठमाडौँ । नेपाली समाजमा आज साउन १५ गते प्राचीनकालदेखि चल्दै आएको मौलिक परम्परा अनुसार घरघरमा खिर खाएर मनाइँदै छ । असार १५ मा दही चिउरा खाएझैं साउन १५ मा तातो खिर खाने चलन रहिआएको छ । साउने झरीको समयमा दूधमा गरम मसला हालेर बनाइएको खिरले स्वास्थ्यल...



