आइतबार, १५ कात्तिक २०८३
नेपाली

शिक्षा–स्वास्थ्यलाई पूर्ण रूपमा निःशुल्क गर्ने नेमकिपाको घोषणा

Main News Image

भक्तपुर । शिक्षा–स्वास्थ्यलाई पूर्ण रूपमा निःशुल्क गर्ने नेपाल मजदुर किसान पार्टी नेमकिपाले घोषणा गरेको छ । आगामी प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि आइतबार पार्टीको घोषणा पत्र सार्वजनिक गर्दै यस्तो उल्लेख गरेको हो । आज नेमकिपाको केन्द्रीय निर्वाचन परिचालन समितिद्वारा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ले पार्टीको घोषणा पत्र सार्वजनिक गरेको हो ।

पार्टीको घोषणा पत्रमा समाजवादी व्यवस्था स्थापना, नागरिकता नीतिमा कडाइ, भ्रष्टाचारविरुद्ध कठोर कानुन र शिक्षा–स्वास्थ्यलाई पूर्ण रूपमा निःशुल्क बनाउने मुख्य ‘एजेन्डा’ रहेको उनले बताए । निर्वाचनलाई ‘सैद्धान्तिक, वर्गीय र राजनीतिक सङ्घर्षको माध्यम’का रूपमा व्याख्या गर्दै निर्वाचनबाट मात्र समाजवाद नआउने, संसद्लाई प्रधानमन्त्री केन्द्रित संस्था नभई जनताको पीडा बुझ्ने, देशको रक्षा गर्ने र आवश्यक नीति तथा कानुन निर्माण गर्ने जनप्रतिनिधिमूलक सदन बनाउने प्रतिबद्धता घोषणा पत्रमार्फत गरिएको उहाँले बताउनुभयो ।

mediabaaji add

सम्बन्धित खबर

सहयोग उठाएर पत्नीको उपचार गर्दै झलनाथ, ओलीले दिएका थिए ३० लाख

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारको उपचार विभिन्न व्यक्तिहरूले गरेको सहयोगबाट गरिरहेका छन् । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा घरमा आगजन...

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने भएको हो । बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन ९विपद जोखिम न्यूनीकरण...

चैत २७ मा उपसभामुखको निर्वाचन हुने

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि यही चैत २७ गते निर्वाचन हुने भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त मिति औपचारिक रूपमा घोषणा गरेका हुन् ।

सभामुख अर्याल भने चैत २२ गते सम्पन्न निर्वाचनबाट निर्व...

मध्यपश्चिम विश्वविद्यालय विद्यार्थी संगठन खारेज !

मिडियाबाजी डटकम,काठमाडौँ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले विश्वविद्यालयहरूमा विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेसँगै त्यसको प्रभाव देखिन थालेको छ। उक्त निर्णयप्रति समर्थन जनाउँदै मध्यपश्चिम विश्वविद्यालयमा क्रियाशील राष्ट्रिय प्...

कात्तिक २० गते काठमाडौंमा प्रदर्शन गर्ने विप्लव नेकपाको तयारी

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले यही कात्तिक २० गते काठमाडौंमा प्रदर्शन र सभा गर्ने भएको छ । सभालाई महासचिव विप्लवले सम्बोधन गर्ने छन् । सभा अगाडि र्‍याली निकाल्ने नेता सन्तोष बुढा...

सरकार र जेनजीबीच लिखित सम्झौता हुने : संयोजन गर्दै प्रधानमन्त्रीका सल्लाहकार

काठमाडौँ । जेनजी आन्दोलनका माग र मुद्दाहरू कार्यान्वयनका लागि सरकार र जेनजी समूहबीच लिखित सम्झौता हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हस्ताक्षरका तयारी तीव्र भइरहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार...