आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु
काठमाडौँ । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो ।
गत शनिबार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । यो घटनामा प्रहरीले यसअघि गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो। अहिले पनि गिरी प्रहरीकै सम्पर्कमा रहेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
यस्तो छ तीन चलचित्रको व्यापार
काठमाडौँ । दसैँको अवसर पारेर यही असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन चलचित्रले राम्रो व्यापार गरेका छन् ।
चलचित्र विकास बोर्डको ‘बक्सअफिस सिनेमा’का अनुसार यही असोज २३ गते मध्यरातिसम्म चलचित्र बलिदानले रु चार करोड ४२ लाख व्यापार...



