आइतबार, २५ असोज २०८३
नेपाली

दसैँको साइत_कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम

Main News Image

२१ असोज, काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान ०८ः४९ बजे देवी विसर्जन गरी १०ः२६ बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पश्चिम मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । अर्थात्, टीका लगाइमाग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ ।

विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष सह प्रा।डा। पुरुषोत्तम भट्टराईले राससलाई जानकारी दिनुभयो । राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उहाँले बताउनुभयो । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ ।

नेपालमा राष्ट्रिय चाडका रूपमा दसैँ मनाउने गरिन्छ । दसैँमा वातावरण नै उल्लासमय बन्छ । विभिन्न पेसा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दसैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ ।

असोज २५ गते बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

यस वर्ष असोज २५ गते आइतबारदेखि नवरात्रारम्भ हुँदैछ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । घटस्थापनाका लागि बिहान ११ः४७ बजेको साइत शुभ रहेको छ । यो दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृति योगका शान्ति गर्नुपर्ने उहाँले बताउनुभयो ।

असोज २६ गते झण्डा फेर्ने साइत १०ः०७ बजे उत्तम रहेको समितिले जनाएको छ । झण्डा फेर्दा पश्चिम मोहडा गरेर फेर्नुपर्ने पनि उहाँले सुनाउनुभयो । असोज २९ गते बिहीबार पचलीभैरव यात्रा हुने भएको छ । असोज ३१ गते शनिबार फूलपाती पर्व परेको छ । यसै दिन बिहान ०७ः३७ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान १०ः३९ बजेको छ ।

mediabaaji add

सम्बन्धित खबर

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना : २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् । वीरगन्जबाट चितवनतर्फ गइरहेको बाप्र०६–००१ख ००५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको बायाँ...

चिलिमे तातोपानीमा स्नान गर्नेको घुइँचो

रसुवा । रसुवास्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा पुनः वृद्धि हुन थालेको छ । तातोपानीमा स्नान गरेमा विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ । २०७२ साल वैशाख १२ को विनासकारी भूकम्पले आमाछोद...

झिलिमिली बत्तीले सिंगारिए काठमाडौंका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ  । दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौं उपत्यकाका विभिन्न मठमन्दिर तथा शक्तिपीठ झिलिमिली बत्तीले सिंगारिएका छन् । चाडपर्वलाई उल्लासमय बनाउने उद्देश्यले मन्दिर परिसरदेखि आसपासका सडकसम्म विभिन्न रङका बत्तीले सजावट गरिएपछि...

गुणस्तरहीन खाद्य सामग्री प्रयोग गरेको भन्दै न्यूरोडको ‘कर्नर पोइन्ट’ लाई दुई लाख जरिवाना

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर कायम नगरेको भन्दै काठमाडौं महानगरपालिका(२२, न्यूरोडस्थित ुकर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बार प्रालिु लाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

विभागले गरेको स्थलगत अनुगमनका क्रममा उक्त रे...

लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने

काठमाडौँ । काठमाडौं उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका साथ नयाँ व्यवस्था लागू गरेको छ । अबदेखि उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साध...

कालीकोटमा बस दुर्घटना, एकको मृत्यु दुई जना घाइते

काठमाडौं । कर्णाली राजमार्गमा पर्ने कालीकोटको खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा बस दुर्घटना हुँदा एक जनाले ज्यान गुमाएका छन् भने दुई जना घाइते भएका छन् । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १११५ नम्बरको बस सेरीघाट पुल नजिक...