आइतबार, २२ कात्तिक २०८३
नेपाली

दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते सुनुवाइ हुने

Main News Image

काठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीद्वारा दायर रिट निवेदनमाथि आगामी कात्तिक ३० गते सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। सरकारले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबीसहित कार्कीले सर्वोच्चमा रिट दर्ता गराएका हुन्। सरकारको उक्त निर्णय बदर गरी आफूलाई आईजीपी पदमै पुनर्बहाली गर्नुपर्ने उनको प्रमुख माग रहेको छ।

कार्कीका तर्फबाट अधिवक्ता टिकाध्वज कुँवरले शुक्रबार सर्वोच्च अदालतमा उक्त रिट दर्ता गराएका हुन्। सरकारले कुनै पनि कानुनी आधार र प्रक्रिया पूरा नगरी आफूलाई पदबाट हटाएको तथा स्पष्टीकरण र सुनुवाइको उचित अवसरसमेत नदिएको उनको जिकिर छ।

mediabaaji add

सम्बन्धित खबर

अज्ञात समूहको आक्रमणबाट आमा-छोराको घटनास्थलमै मृत्यु, बाबु-छोरी गम्भीर

काठमाडौँ । बाराको परवानीपुर गाउँपालिका वडा नं १ रहरियाडीमा आमा छोराको हत्या भएको छ । बुधबार बिहान समूहले धारिलो हतियार प्रहार गर्दा ४६ वर्षीया सुमित्रादेवी मण्डल र उनका छोरा २४ वर्षीय रामेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहर...

न्याय माग्न सिंहदरबार पुगेका निहारिका र विनु यादव पाँच दिन हिरासतमा

काठमाडौँ । आफूहरू हिंसामा परेको भन्दै न्याय माग्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका निहारिका राजपुत र विनु यादवलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै प्रहरीले जिल्ला प्...

पैदलयात्रीलाई मुक्का हान्ने कार चालक पक्राउ

काठमाडौँ । पैदलयात्रीलाई कुटपिट गरेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति पारस बम रहेको ट्राफिक प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीका अनुसार उक्त घटना महाराजगञ्जस्थित चप्पल कारखाना अगाडिको सडकमा भएको हो...

सिन्धुलीमा सुशीला बम्जनको हत्या प्रकरणले स्थिति तनावग्रस्त बन्दै

रामेछाप । सिन्धुलीमा सासू र नन्द मिलेर पेट्रोल छर्की बुहारी सुशीला बम्जनको हत्या गरेको घटनापछि उत्पन्न तनाव थप अनियन्त्रित बन्दै गएको छ। तनाव नियन्त्रण बाहिर गएपछि सिन्धुलीमा कफ्र्यु लगाउनु पर्ने अवस्था आएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार स...

रौतहटमा सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारको निर्देशन

काठमाडौँ । सरकारले रौतहटको घटनामा जिल्ला सुरक्षा समितिलाई जिल्लाका सबै निकायहरुकोबीचमा उचीत समन्वय कायम गरेर जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिएको छ । शनिबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले रौतहटमा भएको घटनामा सबैलाई उच्च संय...