शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

जेनजी आन्दोलनका क्रममा महानगरमा मात्रै १ अर्ब बराबरको क्षति

Main News Image

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरपालिकाको भौतिक संरचना र अन्य सामानसहित झण्डै १ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । मेयर नागेश कोइरालाका अनुसार भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार २३४ रुपैयाँ बराबरको क्षति भएको छ । जुन महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडामा भएको क्षतिको विवरण हो ।

त्यस्तै जिन्सी सामग्रीतर्फ स्काभेटर, शव बाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर, मसलन्द सामग्रीलगायतमा ७५ करोड २५ लाख ६३ हजार ४८५ रुपैयाँ क्षति भएको महानगरले जनाएको छ । वडागत रुपमा संकलन गर्नुपर्ने परेका कारण क्षतिको पूर्ण विवरण आउन समय लागेको मेयर कोइरालाले बताए । ‘यो त भौतिक र जिन्सी सामग्रीको क्षतिको विवरण हो । त्यो भन्दा ठूलो क्षति त जनताका महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएको छ,’ उनले भने, ‘घरजग्गा शाखा पूर्ण रुपमा जल्दा त्यहाँका सबै कागजपत्र नष्ट भयो। अन्य महाशाखा र शाखाका कागजपत्र पनि सबै जल्यो । ती सबै कागजपत्र जनतासँग सम्बन्धित नै थिए ।’

भौतिक संरचना र जिन्सीसहित ९८ करोड ६३ लाख २१ हजार ७१९ रुपैयाँ क्षति भएको छ । जसले गर्दा महानगरको विकासमा असर पुग्ने निश्चित। मेयर कोइरालाले महानगरलाई तङ्ग्रिन अझै केही समय लाग्ने बताए । सेवा प्रवाहमा भने कुनै कमी हुन नदिएको उनको भनाइ थियो । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडा जलेर नष्ट भएको थियो। प्रशासनिक भवनमा आगजनी गर्दा अधिकांश महाशाखा खरानी भएका थिए ।

mediabaaji add

सम्बन्धित खबर

दुई दिनमा ११९ अंक घट्यो सेयर बजार !

मिडियाबाजी डटकम काठमाडौँ, चैत १६ । सोमबार पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । कारोबारको दोस्रो दिन बजार परिसूचक नेप्से ४७.७१ अंक घटेको छ । नयाँ सरकार गठन भएपछिको दुई दिनमा नेप्सेले ११९ अंक गुमाएको छ । अघिल्लो दिन नेप्से ७१ अंक घट...

यी १५ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी

काठमाण्डौा । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । 

कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार...

बाढी–पहिरो प्रभावितका लागि केआईईसीको १५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग

काठमाडौँ । भोटेकोशी क्षेत्रलगायत देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहतका लागि केआईईसीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ । केआईईसीको मुख्य कार्यालयसहित देशभर रहेका शाखाहर...

बागमती प्रदेशमा घर जग्गा कारोबार घट्दै, राजस्व संकलनमा २३.६ प्रतिशतले गिरावट

काठमाडौँ । बागमती प्रदेशमा घरजग्गा कारोबार निरन्तर घट्दा राजस्वमा असर परेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।  नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार घर, भवन नक्सापास कमी आउँदा राजस्व पनि घटेको देखिएको छ । प...

सांग्रिला डेभलपमेन्ट बैंकको १० प्रतिशत लाभांश घोषणा

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको कात्तिक २८ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले सेरधनीहरूलाई लाभांश घोषणा गरेको छ । बैठकले गत आवको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार...

नेप्सेमा १६.६७ अंकको वृद्धि, कारोबार भने २ अर्ब ७९ करोडमा सीमित

काठमाडौँ । तिहार अघिको अन्तिम कारोबार दिन आइतबार सेयर बजार नेप्से परिसूचक १६.६७ अंकले बढेर २५०३.८५ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३२३ कम्पनीको ६१ लाख ९९ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोडको सेयर कार...