विमानस्थलका अध्यागमन कर्मचारीलाई ढाका टोपी अनिवार्य
काठमाडौँ । गृहमन्त्री सुधन गुरूङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीहरूलाई अनिवार्य रूपमा ढाका टोपी लगाउन निर्देशन दिएका छन् । शुक्रबार अध्यागमन कार्यालयको निरीक्षण तथा अनुगमनका क्रममा पुगेका गृहमन्त्री गुरूङले कार्यालयका कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन्। उक्त जानकारी विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी अनुज भण्डारीले दिएका छन् ।
नेपाली मौलिकता र राष्ट्रिय पहिचान झल्काउनका लागि कर्मचारीहरूलाई ढाका टोपी लगाउन निर्देशन दिइएको सूचना अधिकारी भण्डारीले बताए। ‘पर्यटकहरू नेपाल प्रवेश गर्दा सबैभन्दा पहिले देख्ने स्थान अध्यागमन भएकाले त्यहाँ कार्यरत कर्मचारीको पोसाक, व्यवहार र सेवाले देशको छवि झल्काउँछ,’ उनले भने ।
मन्त्री गुरूङको निर्देशनपछि शनिबारदेखि नै केही कर्मचारीले टोपी लगाउन सुरू गरेका थिए। आइतबारसम्ममा भने लगभग सबै कर्मचारीले नेपाली टोपी लगाउन थालिसकेको कार्यालयले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बीपी राजमार्ग : स्थायी पुनर्निर्माणको दौडधुपबीच वर्षात् र पहिरोको चुनौती कायमै
बनेपा । लगातारको वर्षाका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा अवरुद्ध बनेको बीपी राजमार्गको खुर्कोट(भकुण्डेबेँसी खण्ड आज पनि बन्द रहेको छ । अवरोध हटाउने कार्य सम्पन्न हुन बाँकी रहेकाले उक्त खण्डमा यातायात सञ्चालन हुन नसकेको प्रमुख जिल्ला अ...
गुल्मीमा थप ३० प्रजातिका नयाँ चरा फेला, पुगे तीन सय ५५
गुल्मी । थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै हालसम्म जिल्लामा प्राप्त चरा प्रजातिहरुको सङ्ख्या जम्मा ३५५ पुगेको छ । नेपाल पन्छी संरक्षण सङ्घले जिल्लामा हालै गरेको चरा गणनामा थप ३० नयाँ प्रजातिको चरा फेला परेका हुन् । जिल्लाको रेसुङ्गा, मदा...



