बिहेको भोज कटौती गरी गाउँमा बत्ती
काठमाडौँ । म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रवाङका एक नवदम्पतीले आफ्नो विवाहको भोजभतेरमा हुने खर्च जोगाएर गाउँमा सडकबत्ती जडान गरिदिएका छन्। हालै बैवाहिक जीवनमा बाँधिएका प्रकाश खत्री र राधिका धिताल खत्रीले आफ्नै निजी लगानीमा टोलभरि बत्ती जडान गरेर उदाहरणीय कार्य गरेका हुन्। ४ जेठमा सार्वजनिक भएको यस परोपकारी कार्यपछि रातिको समयमा हिँडडुल गर्न निकै सजिलो र सुरक्षित भएको स्थानीयले बताएका छन् ।
कोत्रवाङ टोल सुधार संस्थाका अध्यक्ष पूर्णबहादुर विश्वकर्माका अनुसार बस्तीमा उज्यालो भएपछि अहिले रातको समयमा सर्वसाधारण ढुक्कले आवतजावत गर्न पाएका छन् भने चितुवा जस्ता जंगली जनावरको त्रास समेत निकै कम भएको छ।
गाउँमा बत्तीको अभाव देखेपछि टोल सुधार समिति र बिहानी आमा समूहले यो नवजोडीसमक्ष सडकबत्तीको आवश्यकताका बारेमा प्रस्ताव राखेका थिए। उक्त प्रस्तावलाई सहर्ष स्विकार्दै प्रकाश र राधिकाले आफ्नै व्यक्तिगत खर्चमा १४ वटा ३० वाटका र ३ वटा ५० वाटका सडकबत्तीका साथै तार र आवश्यक सम्पूर्ण सामग्री उपलब्ध गराएको कुरा अध्यक्ष विश्वकर्माले जानकारी दिएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
दार्चुला-भारत सिमानामा ४.१ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । दार्चुलाको तवाघाट क्षेत्रमा बिहीबार राति १०ः४० बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प दार्चुला–भारत सिमानाको आसपास केन्द्रित रहेको थियो । हालसम्...
सेतोपाटी डटकमलाई कारवाही गर्न निर्वाचन आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको ठहर गर्दै सेतोपाटी अनलाइनमाथि कारबाहीको प्रक्रिया अघि बढाउन प्रेस काउन्सिललाई पत्राचार गरेको छ । आयोगका अनुसार सेतोपाटीले निर्वाचन अवधिमा प्रकाशित केही समाच...
एनआरएनए विवाद : बद्री केसी र महेशकुमार श्रेष्ठको समूहबीच सहमति, आइतबार एकता
काठमाडौँ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का दुई समूहबीच एकताका लागि सहमति जुटेको छ । विभाजित अवस्थामा बेग्लाबेग्लै गतिविधि गर्दै आएका डा। बद्री केसी र महोशकुमार श्रेष्ठ नेतृत्वको एनआरएनएबीच १० बुँदे सहमति भएको हो । अब...
विद्युत् माग र आपूर्ति व्यवस्थापनको लागि प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको अनुगमन
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाका साथै, तिहारका विशेष दिनहरुमा विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएका छन् । सोमबार साँझ नेपाल व...
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय...
हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवादपछि कपिलवस्तुमा निषेधाज्ञा
काठमाडौँ । कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवाद चर्किन नदिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दिउँसो २ बजेदेखि लागू हुने गरी महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक...



