बिहिबार, ०५ कात्तिक २०८३
नेपाली

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

Main News Image

काठमाडौँ । बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ। बिहानैदेखि चालक तथा सवारीधनीहरू मोटरसाइकल, कार, ट्याक्सी र बसलगायत सवारीसाधन लिएर पूजाआराधनाका लागि मन्दिर पुगेका छन्।

मन्दिर परिसरमा सवारीसाधनमा टीका लगाउने, पूजा गर्ने र प्रसाद ग्रहण गर्नेहरूको चहलपहल देखिएको छ। महानवमीका दिन निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित औजार, मेसिनरी उपकरण र सवारीसाधनको पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा छ।

यस दिन सवारीसाधन र औजारको पूजा गर्दा काममा सफलता मिल्ने, दुर्घटनाबाट सुरक्षा प्राप्त हुने तथा व्यवसायमा प्रगति हुने धार्मिक विश्वास रहिआएको छ। यही विश्वासका आधारमा यातायात व्यवसायी, चालक, मिस्त्री, प्राविधिक तथा विभिन्न पेसा–व्यवसायमा आबद्ध व्यक्तिहरूले महानवमीमा आफ्ना सवारीसाधन र औजारको पूजा गर्ने गर्छन्।

mediabaaji add

सम्बन्धित खबर

उदयपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौँ ।  उदयपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।  उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर ५१ मिनेटमा  ४।३  रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का उदयप...

विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

काठमाडौँ । आज विज्ञानमा महिला तथा बालिकाहरूको अन्तर्राष्ट्रिय दिवस हो । महिला तथा बालिकाहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितसम्बन्धी क्षेत्रमा समान पहुँच र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँद यो दिवस विश...

यलुङ रि हिमाल आरोहणमा हराएकाको खोजीकार्य स्थगित, पाँच जना अझै बेपत्ता

रामेछाप । दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणका क्रममा गत सोमबार परेको हिमपहिरोमा बेपत्ता भएका आरोहीहरूको खोजीकार्य स्थगित गरिएको छ । बेपत्ता सातजनामध्ये दुई जनाको मात्र शव फेला परेको छ भने बाँकी पाँच जनाको अवस्था अझै अज्ञात रहेक...

तराईका जिल्लामा आज होली मनाइँदै

नवलपरासी । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो ।

आज...

सरकारले जागिर लगाइदिने आशामा सहिद पत्नी मञ्जु

सुनसरी । जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएर सहिद भएको इटहरी–१४ का मोहन सरदार घर बनाउने मिस्त्रीको काम गर्थे । गत भदौ २३ गते जेनजी पुस्ताको आन्दोलनबारे उनलाई खासै जानकारी थिएन । गाउँकै श्रवण सरदारसँग बजार जाने नि...

ट्रक दुर्घटनामा ५ मजदुरको मृत्युपछि स्थानीयद्वारा बर्जुमा सडक अवरुद्ध

काठमाण्डौँ । माघे संक्रान्तिको बिहानै सुनसरीको भोक्राहानर्सिङमा भएको ट्रक दुर्घटनामा परी ५ जना मजदुरको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले सुनसरीको बर्जुमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । आफ्नै वडाका ५ जनाको अकालमा मृत्यु भएपछि बर्जु...