बिहिबार, १२ कात्तिक २०८३
नेपाली

पत्नीलाई स्वकीय सहसचिव बनाएपछि प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवको आलोचना

Main News Image

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफ्नै श्रीमतीलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिएको भन्दै आलोचना भएको छ । उनले आफ्नी पत्नी संगीता श्रेष्ठलाई गत असोज २ गते प्रधानमन्त्रीको सचिवालयमा स्वकीय सहसचिव पदमा नियुक्त गरेका हुन् । त्यही दिन स्वकीय सहसचिव पदमै नियुक्त कमला श्रेष्ठ तथा प्रशासन सहायकद्वय पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि उनकै नातेदार भएको खुलेको छ ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शले प्रधानमन्त्रीको विश्वास र गोप्यताको संवेदनशीलतालाई ध्यान दिनुपर्ने भएकाले पत्नीलाई सचिवालयमा भित्र्याइएको दाबी गरेका छन् । नातेदार नियुक्तिको विषयमा आफ्नो नाम अनावश्यक रूपमा जोडिएको उनको जिकिर छ ।

mediabaaji add

सम्बन्धित खबर

रविले वारेसबाट दर्ता गराए उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका छन् । सहकारी सम्बन्धी मुद्दाका लागि उनी वीरगञ्ज पुगेका थिए । त्यसक्रममा उपस्थित हुन नभ्याउने भएपछि रविले वारेसमार्फत उम्...

रास्वपा र विवेकशीलबीच आज एकता घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । असल शासन र समु...

रास्वपा केन्द्रीय समिति : कुलमान समूहबाट उपसभापतिसहित १२ जना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समितिमा उज्यालो नेपालको टिमबाट १२ जना थप हुने भएका छन् । आइतबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले सहमतिलाई अनुमोदन गरेको हो । आजै विवेकशील साझाबाट आएका ७ जना केन्द्रीय समितिमा थपिएका थिए...

तोकिएको मितिमै निर्वाचन हुनुपर्छः उपसभापति अर्याल

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले तोकिएको मितिमै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । रास्वपा रुपन्देहीले आज भैरहवामा आयोजना गरेको छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सम...