बुधबार, ११ कात्तिक २०८३
नेपाली

शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउनु अहिलेको प्रमुख आवश्यकताः संयोजक दाहाल

Main News Image

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरक्षित र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने वातावरण निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन् । शुभ दीपावली, नेपाल संवत ११४६ तथा छठका अवसरमा शुभकामना दिँदै उनले वर्तमान जटिल राजनीतिक परिस्थितिलाई सहज बनाएर निर्वाचनमा जानुपर्ने उल्लेख गरे। ‘आमनिर्वाचनपछि राष्ट्रिय सहमतिमा अग्रगामी रूपान्तरणका लागि संविधान संशोधन गर्दै सामाजिक न्याय र सुशासनको नयाँ अध्याय प्रारम्भ गर्न सकिने हाम्रो विश्वास छ‘, संयोजक दाहालद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ । उनले शुभ दीपावली, नेपाल संवत ११४६ तथा छठका अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनसमुदायमा शुभकामना व्यक्त गरेका छन्। मौलिक सांस्कृतिक चाडपर्वले आपसी सहिष्णुता, भातृत्व र भावनात्मक एकता जागृत गर्न विशिष्ट योगदान पुर्‍याउँदै आएको जनाउँदै संयोजक दाहालले यी पर्वहरूले सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्दै राष्ट्रिय एकता बलियो बनाउन प्रेरणा प्रदान गर्दै आएका बताएका छन् ।

mediabaaji add

सम्बन्धित खबर

निर्वाचन आयोगले सुरु गर्‍यो समानुपातिक बन्द सूची संकलन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलन प्रक्रिया आजदेखि सुरु हुँदैछ। निर्वाचन आयोगले कार्यतालिका अनुसार सबै प्राविधिक तथा प्रशासनिक तयारी पूरा भएको जनाएको छ । आयोगका अनुसार आज...

निर्वाचन सुरक्षा : फागुन १८ रातिदेखि कोशीमा भारत–नेपाल सीमा बन्द

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइने भएको छ । निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न सीमा नाका ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द गर्ने निर...

बालेनको राजीनामापछि एक वर्षका लागि काठमाडौंका मेयर रविका दाजु हरिशरण लामिछाने !

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच सात बुँदे सहमति भएसँगै अब काठमाडौं महानगरपालिकाको मेयर पद रिक्त हुने देखिएको छ । सहमति अनुसार बालेन प्रधानमन्त्री बन्नका लागि प्रतिनिधि सभाको निर्वाच...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ । 

बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालय, उ...

एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच रोचक प्रतिस्पर्धा

काठमाडौँ । नेकपा एमालेको काठमाडौंमा जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्र्तगत आज आगामी नेतृत्व चयनको लागि मतदान हुँदै छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगको कार्यतालिकाअनुसार मतदान आज मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म हुन...

सरकारसँग प्रचण्डको आग्रह-पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अलपत्र परेका यात्रुको छिटो उद्धार गरियोस्

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी रुकुमलगायत मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेको र जनजीवन प्रभावित भएको विषयमा पनि सम्बन्धित निकायको गम्भीर ध्...