शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउनु अहिलेको प्रमुख आवश्यकताः संयोजक दाहाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरक्षित र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने वातावरण निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन् । शुभ दीपावली, नेपाल संवत ११४६ तथा छठका अवसरमा शुभकामना दिँदै उनले वर्तमान जटिल राजनीतिक परिस्थितिलाई सहज बनाएर निर्वाचनमा जानुपर्ने उल्लेख गरे। ‘आमनिर्वाचनपछि राष्ट्रिय सहमतिमा अग्रगामी रूपान्तरणका लागि संविधान संशोधन गर्दै सामाजिक न्याय र सुशासनको नयाँ अध्याय प्रारम्भ गर्न सकिने हाम्रो विश्वास छ‘, संयोजक दाहालद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ । उनले शुभ दीपावली, नेपाल संवत ११४६ तथा छठका अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनसमुदायमा शुभकामना व्यक्त गरेका छन्। मौलिक सांस्कृतिक चाडपर्वले आपसी सहिष्णुता, भातृत्व र भावनात्मक एकता जागृत गर्न विशिष्ट योगदान पुर्याउँदै आएको जनाउँदै संयोजक दाहालले यी पर्वहरूले सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्दै राष्ट्रिय एकता बलियो बनाउन प्रेरणा प्रदान गर्दै आएका बताएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
बिहीबारदेखि माइतीघरमा धर्ना : देशभरका जेनजी एकताबद्ध हुन आह्वान
काठमाडौँ । जेनजी समूहहरूबीच एकता कायम गर्न र शहीदहरूको बलिदान नबिर्सन आग्रह गर्दै शुक्रबार माइतीघर मण्डलमा ‘जेनजी युनाइटेड’ नामक समूहले प्रदर्शन गरेको छ । प्रदर्शनमा युवा, बालबालिका र शहीद परिवारका सदस्यहरू...
सुशीला कार्की नेतृत्वको सरकार आगजनी र लुटपाटबाट बनेको ओलीको आरोप
काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हालको सरकारलाई असंवैधानिक र आगजनी, तोडफोड र लुटपाटबाट बनेको भन्दै आलोचना गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान कार्...
शिक्षा–स्वास्थ्यलाई पूर्ण रूपमा निःशुल्क गर्ने नेमकिपाको घोषणा
भक्तपुर । शिक्षा–स्वास्थ्यलाई पूर्ण रूपमा निःशुल्क गर्ने नेपाल मजदुर किसान पार्टी नेमकिपाले घोषणा गरेको छ । आगामी प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि आइतबार पार्टीको घोषणा पत्र सार्वजनिक गर्दै यस्तो उल्लेख गरेको हो । आज नेमकिपाको केन्द्रीय निर्वाचन...
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा पुस्ताको दाबी, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि प्रकाश रिजालको उम्मेदवारी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै युवा पुस्ताबाट उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । यसै क्रममा प्रकाश रिजालले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा युवा तर्फबाट आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् ।
रिजालले पार्टीको...
रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरण सर्वोच्च अदालतमा सोमबार ‘हेर्दाहेर्दै’मा राखिएको छ । उनीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...
नयाँ संसद भवन अझै अधुरै, कहाँ बस्छ प्रतिनिधि सभाको बैठक ?
काठमाडौँ । निर्माणाधीन नयाँ संसद भवनको मुख्य सभाकक्ष समयमै तयार हुन नसकेपछि प्रतिनिधि सभाका आगामी बैठकहरू सोही परिसरमा रहेको बहुउद्देश्यीय हल मा सञ्चालन गरिने भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा आन्दोलनका क्रममा आगजनी भएपछि सिर्जना भएको बैठक कक...



