बुधबार, ११ कात्तिक २०८३
नेपाली

रास्वपाको बहुमत नआए भ्रष्टाचारी खुसी हुन्छन् : रवि लामिछाने

Main News Image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने ले रास्वपाले बहुमत नल्याए सबैभन्दा बढी खुसी भ्रष्टाचारीहरू हुने बताएका छन् । चुनावी सभालाई सम्बोधन गर्न गोरखा पुगेका लामिछानेले पाँच वर्षको स्थायी सरकारका लागि घण्टी चुनाव चिह्नमा मतदान गर्न आग्रह गरे। ‘कहिलेकाहीँ सुनिन्छ, एउटा भोट समानुपातिकलाई एकातिर, प्रत्यक्षलाई अर्कातिर अथवा आलोपालो भन्ने मैले सुनेको छु। भोट बाँडियो भने सिट बाँडिन्छ। सिट बाँडियो भने रास्वपाले बहुमत ल्याउँदैन,’ उनले भने ।

उनले वर्षौँदेखि मिलेर बसेका समुदायबीच धर्म, जात र सम्प्रदायका नाममा राजनीतिक विभाजन गर्न खोज्ने प्रयासप्रति सचेत रहन आग्रह गरे। ‘चुनाव आउँछ जान्छ, तर तपाईँ हाम्रो सद्भाव आजको सद्भाव होइन, एक युगदेखिको सद्भाव हो। मेरो धर्म एउटै हो, म धर्मका नाममा राजनीति गर्नेलाई युगलाई हामीले अन्त्य गर्नुपर्नेछ। राजनीति र सम्प्रदायलाई अलग गराएर राजनीति गर्ने र भोट बैंक बनाउन खोज्नेलाई फल्न दिनुहुँदैन,’ उनले भने ।


सभापति लामिछानेले गोरखा १ बाट सुधन गुरुङ र गोरखा २ बाट कविन्द्र बुर्लाकोटीलाई विजयी गराउन मतदातासँग आग्रह गरे।

mediabaaji add

सम्बन्धित खबर

निर्वाचनको वातावरण बनाउन समस्याको समाधान गर्दै जानुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले निर्वाचनको वातावरण बनाउनका लागि समस्याहरुलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । आइतबार विधायन व्यवस्थापन समितिको बैठकमा भएको समितिको वार्षिक प्रतिवेदनमाथ...

जेनजी आन्दोलन प्रभावितलाई मनोपरामर्श प्रदान गर्ने स्वास्थ्यमन्त्री शर्माको निर्णय

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमले पदभार ग्रहण गर्दै जेनजी आन्दोलनका घाइतेहरूलाई मनोपरामर्श प्रदान गर्ने निर्ण गरेकी छन् । शीतल निवासमा शपथग्रहण गरेपछि मन्त्रालय पुगेर कार्यभार सम्...

रास्वपाका सांसदलाई आज र भोलि दुई दिने प्रशिक्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्षतर्फ निर्वाचित १२५ जना सांसदलाई आज र भोलि दुई दिने अभिमुखीकरण प्रशिक्षण दिँदैछ । रास्वपाले ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा फागुन २१ को निर्वाचनबाट प्र...