गुणस्तरहीन खाद्य सामग्री प्रयोग गरेको भन्दै न्यूरोडको ‘कर्नर पोइन्ट’ लाई दुई लाख जरिवाना
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर कायम नगरेको भन्दै काठमाडौं महानगरपालिका(२२, न्यूरोडस्थित ुकर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बार प्रालिु लाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।
विभागले गरेको स्थलगत अनुगमनका क्रममा उक्त रेस्टुरेन्टले स्वास्थ्यका दृष्टिले गम्भीर लापरबाही गरेको पाइएको हो । वरिष्ठ खाद्य अनुसन्धान अधिकृत बालकुमारी शर्माका अनुसार, अनुगमनका क्रममा रेस्टुरेन्टमा सरसफाइको अवस्था सामान्य पाइए पनि म्याद नाघेको फ्रुट सिरपको प्रयोग भइरहेको भेटिएको थियो ।
त्यस्तै, पिज्जा बनान प्रयोग गरिने तेलमा साङ्ला भेटिनु र फ्रिजमा राखिएका खाद्य सामग्रीको भण्डारण व्यवस्थापन अत्यन्त अव्यवस्थित हुनुले रेस्टुरेन्टको स्वच्छतामाथि प्रश्न उठाएको छ । अनुगमन टोलीले गरेको परीक्षणमा तेलको टीपीएम २२.० पाइएको थियो, जुन गुणस्तरहीन मानिन्छ।
एक्सप्रेस
सम्बन्धित खबर
१६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको संख्या १८ जोडी
म्याग्दी । कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । सङ्घले हालै मुुस्ताङ...
भारतको मजदुरी छोडेर साइकलमा दुध संकलन गर्न थाले, अहिले ९० लाखको सम्पत्ति जोडे
कञ्चनपुर । भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । मजदुरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही...
दसैंका लागि अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुल्ने
काठमाडौँ । दसैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न असोज २३ गतेदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। यातायात व्यवस्था विभागले मंगलबार राष्ट्रिय यातायात व्यवसायी महासंघ, ट्रक व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, य...
मौसम महाशाखाको विशेष बुलेटिन : देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । आज रातिदेखि बुधबार कात्तिक १२ बिहानसम्म वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो । यो अवधिमा कर्णाली प्रदेशका क...
हुम्लामा बन्ने भयो ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना
काठमाडौँ । आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कूल तीन सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । हाल सो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन...



