बिहिबार, २२ असोज २०८३
नेपाली

युवा उद्यमीसँग सहकार्यले निजी क्षेत्र थप सुदृढ हुन्छ : चेम्बर लुम्बिनी अध्यक्ष पोखरेल

Main News Image

बुटवल । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले युवा उद्यमीसँग सहकार्य र समन्वय गरेर अघि बढ्दा निजी क्षेत्र थप सुदृढ र गतिशील बन्ने बताएका छन् । उनले युवा पुस्ताको ऊर्जा, नयाँ सोच र सिर्जनशीलतालाई स्थापित व्यावसायिक संस्थाको अनुभवसँग जोड्न सके आर्थिक विकासमा थप योगदान पुग्ने बताए ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च ९सीएनआईवाईईएफ० लुम्बिनीको नवनियुक्त समितिलाई नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।

पोखरेलले सीएनआईवाईईएफ लुम्बिनीका नवनियुक्त अध्यक्ष बिकाश पाण्डेय नेतृत्वको समितिलाई सफल कार्यकालको शुभकामना दिँदै युवा उद्यमीका मुद्दा र निजी क्षेत्रका साझा सवालमा चेम्बर सहकार्य गर्न तयार रहेको बताए । नयाँ पुस्ताका उद्यमीलाई उद्यमशीलता, लगानी र रोजगारी सिर्जनाका क्षेत्रमा अघि बढाउन स्थापित व्यावसायिक संस्थाहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

“युवा उद्यमीसँग सहकार्य गर्दा निजी क्षेत्र थप सुदृढ हुन्छ,” अध्यक्ष पोखरेलले भने, “नयाँ पुस्तासँग नयाँ सोच र ऊर्जा छ । त्यसलाई संस्थागत अनुभवसँग जोडेर अघि बढाउन सके निजी क्षेत्रको विकासमा थप उपलब्धि हासिल गर्न सकिन्छ ।”

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका उपाध्यक्ष जेपी कडेलले युवा उद्यमीको सक्रियता र नयाँ पुस्ताको नेतृत्वले निजी क्षेत्रलाई थप चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले युवा उद्यमीका लागि व्यवसाय विस्तार तथा नयाँ अवसर सिर्जना गर्न निजी क्षेत्रका संस्थाबीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गरे ।

त्यस्तै, सीएनआईवाईईएफ लुम्बिनीका निवर्तमान अध्यक्ष राजन कसजुले नयाँ नेतृत्वले युवा उद्यमीका साझा मुद्दालाई प्राथमिकतामा राख्दै मञ्चलाई थप प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरे । उनले सीएनआईवाईईएफले युवा उद्यमीलाई एकताबद्ध गर्दै उद्यमशीलता प्रवर्द्धन र निजी क्षेत्रको विकासमा निरन्तर भूमिका खेल्दै आएको बताए ।

कार्यक्रममा सीएनआईवाईईएफ लुम्बिनीका नवनियुक्त अध्यक्ष बिकाश पाण्डेयसहित समितिका पदाधिकारी तथा सदस्यहरूलाई नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले बधाई तथा सम्मान गरेको थियो ।

कार्यक्रममा चेम्बर र सीएनआईवाईईएफबीच युवा उद्यमशीलताको विकास, निजी क्षेत्रका साझा मुद्दा तथा लुम्बिनी प्रदेशको आर्थिक विकासका क्षेत्रमा आगामी दिनमा सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो ।

mediabaaji add

सम्बन्धित खबर

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...

साताको पहिलो दिन ४.४५ अंकले बढ्यो सेयर बजार, १४ अर्ब ३२ करोडको कारोबार

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार सामान्य रूपमा उकालो लागेको छ । नेप्से परिसूचक ४.४५ अंकले बढ्दै २८२४ अंकमा पुगेर बन्द भएको छ । दिनभर बजारमा सामान्य उतारचढाव देखिए पनि कारोबार रकम भने उच्च नै रह्यो । अघिल्लो कारोबार दिन १४ अर्ब ५५ करोड...

भोटेकोशी बाढीबाट विद्युत् क्षेत्रमा ठूलो क्षति, ४३१ मेगावाटका १२ आयोजना बन्द

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित भएको छ। बाढीले विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुर्‍याएपछि विद्युत् आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।...

सालपा विकास बैंकको आईपीओ नतिजा हेर्नुभयो ?

काठमाडौँ । सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले सर्वसाधारणका लागि कुल १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

मागभन्दा धेरै आवेदन परेकाले गोला प्रथाबाट आईपीओ बाँडफाँड...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७...

राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकाका लागि बाहिरैबाट ग्यास भर्न थालियो

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि सङ्घीय राजधानी काठमाडौँ बाहिरका उद्योगहरूमा खाना पकाउने ग्यास भरेर उपत्यका पठाउन थालिएको छ । ग्यास बोकेका बुलेटहरू मुख्य राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ छिर्न नसकेपछि बाहिरका प्लान्टहरूमा सिलिन्डर...