शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

असोज मसान्तसम्म १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति

Main News Image

काठमाडौँ । विद्युत् विकास विभागले चालु आवको पहिलो त्रैमासमा कूल १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ। ती आयोजनाको कूल क्षमता दुई सय ४१ दशमलव ५० मेगावाट बराबर रहेको छ । विभागले हालसम्म दुई सय ६६ आयोजनालाई निर्माण अनुमतिपत्र प्रदान गरेको छ। ती आयोजनाको कूल क्षमता १० हजार आठ सय २५ मेगावाट रहेको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ।

विभागले चालु आवको असोज मसान्तसम्ममा लापा खोला चार दशमलव ७२ मेगावाट, लोअर बरुण एक सय ३२ मेगावाट, म्याग्दी खोला बी १२ दशमलव ५० मेगावाट, तल्लो लिखु क्यासकेड ६ मेगावाटलाई निर्माण अनुमति पत्र प्रदान गरेको हो ।

विभागले हालसम्म कूल एक सय ८५ आयोजनालाई सर्वेक्षणको अनुमति दिएको छ। यस्तै विभागका कूल ५९ वटा परियोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन्। ती आयोजनाको कूल क्षमता १० हजार पाँच सय ३२ मेगावाट बराबर छ।

 

mediabaaji add

सम्बन्धित खबर

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले एक खर्ब रुपैयाँ बजारबाट खिच्दै

काठमाडौँ । बैंकिङ प्रणालीमा लगातार बढिरहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बुधबार एक खर्ब रुपैयाँ बराबरको ९१ दिने निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । पछिल्ला केही महिनादेखि प्रणालीमा पर्याप्तभन्दा बढी नगद मौज्दात रहँदा बजारमा...

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी संशोधित कार्यविधि कार्यान्वयनमा

काठमाडौँ । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदान व्यवस्थालाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको छ ।

अर्थ मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्...

बिहीबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०८ पैसा र बिक्...

काठमाडौं हिँडेका मिटरब्याजपीडित निजगढमै रोकिए, सहमति जुटाउने प्रयास जारी

बारा । मिटरब्याजविरुद्ध किसान, मजदुर आन्दोलन नेपालले जनकपुरधामको तिरहुतिया गाछीबाट सुरु गरेको तेस्रो चरणको पैदल मार्च आज आठौं दिनमा प्रवेश गरेको छ। काठमाडौंका लागि हिँडेका आन्दोलनकारीहरू यात्राको पाँचौँ दिन बाराको निजगढ आइपुगेपछि भने अगाडि बढेका छ...