म्याग्दीको राहुघाटमा ८४ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना निर्माण सम्पन्न
काठमाडौँ । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले एकैसाथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरेको छ । घुगङ्गा गाउँपालिका–४, ७ र ८ नम्बर वडाको भूगोलमा निर्माण भएका ८४ मेगावाट क्षमताको दुईवटै आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको छ ।
‘रन अफ द रिभर’ प्रकृतिका आयोजनाको परीक्षण सकिएपछि व्यावसायिक उत्पादन थालिएको तुँदी पावरका कम्पनीका व्यवस्थापक पुष्प डाँगीले जानकारी दिए । ‘तुँदी पावरले प्रवर्द्धन गरेको ३५ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले र त्यसको ‘क्यासकेड’का रूपमा ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन्’, उनले भने, ‘चिमखोला–राहुघाट–मङ्गलेले गत साउन २० गतेदेखि व्यापारिक उत्पादन शुरू गरेको हो भने अपर राहुघाट व्यापारिक उत्पादनको चरणमा छ ।’
चार वर्षको अवधिमा निर्माण भएका आयोजना पानीको उपलब्ध स्रोतअनुसार पूर्ण क्षमतामा सञ्चालन गर्नसक्ने अवस्था रहेको व्यवस्थापक डाँगीले बताए । उनका अनुसार दुईवटै आयोजनाको अनुमानित लागत १३ अर्ब हो । यी आयोजनाबाट उत्पादन भएको विद्युत् रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको ‘स्विचयार्ड’बाट अस्थायी रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताए । उनका अनुसार चिमखोलाबाट राहुघाटसम्म ३९ वटा टावर निर्माण भएका छन् ।
चिमखोला–राहुघाट–मङ्गलेको रघुगङ्गा गाउँपालिका–८ बन्दीमा बाँध र नजिकै ११० मिटर लामो, आठ मिटर अग्लो र ३० मिटर चौडाई भएको पानी थिग्रयाउने पोखरी निर्माण भएको छ । बाँधबाट पाँच किलोमिटर ३०० मिटर लामो सुरुङबाट ल्याइएको पानी रघुगङ्गा–७ चिमखोलाको बगरस्थित विद्युतगृहमा खसाल्न ९५० मिटर पेनस्टक पाइपलाइन जडान भएको छ । विद्युत्बाट सुरुङको आउटलेटको उचाइ ३६० मिटर रहेको इञ्जिनियर तिमिल्सिनाले जानकारी दिए ।
चिमखोला–मङ्गले–राहुघाटको विद्युत्बाट निस्कने र चिमखोलाको बगरखोलाको पानी प्रयोग गरेर अपर राहुघाटबाट विद्युत् उत्पादन गरिएको हो । रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा विद्युत्गृह रहेको अपर राहुघाटको सुरुङ चार हजार ९०० मिटर लामो छ । आउटलेटबाट विद्युत्गृहसम्म ६८० मिटर लामो पेनस्टक पाइपलाइन जडान भएको छ ।
‘दुईवटै आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार एभरेष्ट हाइड्रो हो भने हाइड्रोमेकानिकल ठेकेदार माछापुच्छ्रे मेटल एण्ड मेसिनरी हो । यी आयोजनाको सिभिल ठेकेदार रामेछाप शेर्पा कन्स्ट्रक्सन हो । साउथ एशियन इन्फ्रास्ट्रक्चरले सुरुङ बनाएको हो’, इञ्जिनियर तिमिल्सिनाले भने ।
राहुघाटको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले गत भदौदेखि व्यावसायिक उत्पादन थालेको थियो । बन्दीस्थित ठूलोखोलाको विद्युत्बाट चिमखोलास्थित चिमखोला–राहुघाट–मङ्गलेको विद्युत्गृहसम्म आठ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन ठूलोखोला र २२ दशमलव पाँच मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले साझेदारी गरेर बनाएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
माघ महिनाका लागि कुन कुन वाणिज्य बैंकहरुले घटाए ब्याजदर ?
काठमाडौँ । माघ महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुले मुद्दती निक्षेपमा माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका हुन् । पुसमा औसत ब्याजदर व्यक्तिगततर्फ ४।८६ प्रतिशत र संस्थागततर्फ औसत ३।३७ प्रतिशत रहेकोमा माघ महिनाका लागि...
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ३ लाख ६ हजार ६०० रुपैयाँ कायम भएको हो । यसअघि मंगलबार छापावाल सुन...
सोमबारका लागि निर्धारण गरिएको यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरि...
विकास बजेट खर्च गर्न कर्णाली सरकार असफल, साढे १२ अर्ब रुपैयाँ फ्रिज
सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट समयमै खर्च गर्न नसक्दा साढे १२ अर्ब रुपैयाँभन्दा बढी बजेट फ्रिज भएको छ । कर्णाली प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार कुल विनियोजित बजेटमध्ये चालु आर्थिक वर्षमा ६१.९७ प्रतिशत मात्र खर्च ह...
बढ्दो गर्मीले विद्यार्थी बिरामी हुन थालेपछि विद्यालयको समय परिवर्तन, आइतबार पनि पढाइ हुने
काठमाण्डौँ । कञ्चनपुरमा अत्यधिक गर्मी बढेसँगै यहाँका दुई स्थानीय तहले विद्यालय सञ्चालनको समय परिवर्तन गरेका छन् । गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले आफ्ना क्षेत्रभि...
सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५५ प...



