वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन
काठमाण्डौँ । विगत लामो समयदेखि अलपत्र अवस्थामा रहेको रौतहट–सर्लाही जोड्ने बडहर्वा घाटको महत्वपूर्ण बागमती नदी पुल निर्माण परियोजनाले अब नयाँ गति लिने संकेत देखिएको छ । आज सर्लाही ४ का सांसद अमरेश कुमार सिंहले उक्त पुलको स्थलगत अवलोकन गर्दै निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाउन सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिनुभएको छ ।
स्थलगत निरीक्षणका क्रममा उहाँले पुल निर्माणमा भइरहेको ढिलाइप्रति गम्भीर चासो व्यक्त गर्दै सम्बन्धित ठेकेदार कम्पनीलाई कडा चेतावनी समेत दिनुभयो । अब कुनै पनि बहानामा काममा ढिलाइ नगरी तोकिएको समयसीमाभित्र निर्माण सम्पन्न गर्नुपर्ने उहाँको स्पष्ट निर्देशन रहेको बताइएको छ ।
सर्लाही ४ का सांसद सिंहले निर्माण कार्यमा कुनै किसिमको अवरोध नआओस् भन्ने उद्देश्यले सम्बन्धित सरकारी निकाय, स्थानीय सरोकारवाला पक्ष तथा समुदायलाई आवश्यक समन्वय, सहकार्य र सहयोग गर्न आग्रह गर्नुभएको छ ।
उहाँले सरकारको स्पष्ट प्रतिबद्धताअनुसार पुललाई छिटोभन्दा छिटो सम्पन्न गरी रौतहट र सर्लाही जिल्लाबीच सशक्त र सहज आवतजावत सुनिश्चित गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । यसैबीच, सम्माननीय प्रधानमन्त्रीबाट समेत यस परियोजनालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक निर्देशन दिइएको जनाइएको छ। प्रधानमन्त्रीस्तरबाट समेत प्राथमिकता पाएपछि परियोजना अब प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।
वर्षौंदेखि अधुरो र अलपत्र अवस्थामा रहेको यो पुल अब छिट्टै पूर्णता पाउनेमा स्थानीयवासी आशावादी देखिएका छन् । पुल निर्माण सम्पन्न भएपछि दुवै जिल्लाबीचको आवतजावत सहज हुनुका साथै व्यापार, शिक्षा, स्वास्थ्य तथा सामाजिक गतिविधिमा समेत उल्लेखनीय सहजता आउने विश्वास गरिएको छ । स्थानीय बासिन्दाले लामो समयदेखिको प्रतीक्षा अब अन्त्यतिर पुगेको महसुस गर्दै निर्माण कार्यलाई तीव्रता दिन सरकार र निर्माण कम्पनी दुवै पक्ष जिम्मेवार ढंगले अघि बढ्नुपर्ने बताएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
सांसदहरूले स्वकीय सचिव नियुक्त गर्ने बाटो खुल्यो, राजपत्रमा सूचना प्रकाशित
काठमाडौँ । सांसदहरूले स्वकीय सचिव नियुक्त गर्न पाउने बाटो खुलेको छ । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गर्दै यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गरेसँगै यो बाटो खुलेको हो ।
यसअघि ५ असोज २०८२ मा बसेको मन्त्रिपरिषद् बैठ...
निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु
काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ । आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियस...
निर्वाचनका कार्यक्रम स्थगितको माग गर्दै सर्वोच्चमा रिट
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि माघ ६ गते हुन लागेको प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ । अधिवक्ता कीर्तीनाथ शर्मा पौडेलले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विप...



