बुधबार, ११ कात्तिक २०८३
नेपाली

कांग्रेसले उपसभामुखमा रुबीकुमारीलाई समर्थन गर्ने

Main News Image

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ।बिहीबार भएको उपसभामुखको उम्मेदवारमा श्रम संस्कृतिबाट रुवीकुमारी उम्मेदवार बनेकी छन् ।

उपसभामुखमा राप्रपाले सरस्वती लामालाई उम्मेदवार बनाएको छ । कांग्रेसका एक शीर्ष नेताका अनुसार श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रुवीकुमारीलाई पार्टीले समर्थन गर्ने भएको छ । श्रम संस्कृतिको उम्मेदवार रुबीकुमारलाई सत्तारुढ दल रास्वपाले पनि समर्थन गर्ने भएको छ । सभामुख र उपसभामुख फरक दल र लिङ्‍ग हुनुपर्ने व्यवस्था छ ।


mediabaaji add

सम्बन्धित खबर

विष्णु पौडेललाई थुनामा राख्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा थुनामा राखेर अनुसन्धान गर्ने विशेष अदालतको निर्णयविरुद्...

नेपाललाई पुनः सनातन हिन्दू राष्ट्र घोषणा गर्न काठमाडौँमा बृहत् धार्मिक पदयात्रा

काठमाडौँ । नेपाललाई पुनः सनातन हिन्दू राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंमा सोमबार बृहत् धार्मिक पदयात्रा निकालिएको छ । नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा राजधानीमा धार्मिक पदयात्रा गरिएको हो । पदयात्रामा सहभागीहरूले सनातन धर्म, संस्कृति...

बारा घटनामा एमाले कार्यकर्ताविरुद्ध जाहेरी, कारबाही नभए सिमरा बन्द गर्ने चेतावनी

काठमाडौँ । बुधबार बाराको सिमरामा नेकपा एमालेका कार्यकर्ताहरूले कुटपिट गरेको भन्दै युवाहरूको एक समूहले प्रहरीमा जाहेरी दिएको छ । उनीहरूले सिमरा उपमहानगरपालिका–१ का तारा बस्नेतसहितलाई विपक्षी बनाउँदै इलाका प्रहरी क...

उपचारका लागि देउवा दम्पती सिंगापुर प्रस्थान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । उनी सोमबार राति पत्नी आरजु राणासहित उपचारका लागि सिंगापुर गएका हुन् । देउवा दम्पती सोमबार राति सिंगापुर एयरलाइन्समार्फत सिं...

कांग्रेस विशेष महाधिवेशनको पक्षमा ४९ प्रतिशतले गरे नाम दर्ता

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा अहिलेसम्म ४९ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् । विशेष महाधिवेशनको उद्घाटन सत्रका सञ्चालकले ४९।३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले रजिस्ट्रेशन दर्दा गराएको जानकारी दिएका हुन् ।

...

गृहमन्त्री अर्यालद्वारा निमार्णाधीन सुक्खा बन्दरगाह निरीक्षण

महेन्द्रनगर । गृहमन्त्री ओमप्रकाश अर्यालयले आज दिउँसो कञ्चनपुरको दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माणस्थलको अनुगमन गरेका छन् । धनगढीमा मङ्गलबार हुने सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि यहाँ आउनुभएका गृहमन्त...