आइतबार, २४ जेठ २०८३
नेपाली

गृहमन्त्री गुरूङमाथि तत्काल उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग

Main News Image

काठमाडौँ । गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन सुरु गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ । गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित पछिल्लो प्रकरणको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको पार्टी प्रवक्ता देवराज चालीसेले जानकारी दिएका छन् । पार्टी प्रवक्ता देवराज चालीसेद्वारा जारी विज्ञप्तिमा गृहमन्त्रीको पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुनसक्ने भन्दै छानबिनलाई निष्पक्ष र प्रभावरहित बनाउन वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो। त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । अतः नेपाली कांग्रेस सरकारसमक्ष स्पष्ट माग गर्दछ गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्।’

यो विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्‍याउने उल्लेख छ।कांग्रेसले कांग्रेस केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकबाटै मन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने स्पष्ट निर्णय गरिसकेको जानकारी समेत गराएका छन् ।


mediabaaji add

सम्बन्धित खबर

सुदन किरातीले छोडे प्रलोपा, हर्क साम्पाङसँग संवादमा

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाका अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले परित्याग गरेका छन् । पूर्वमन्त्री किरातीले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिएका हुन् ।

आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । बैठकमा गृह तथा रक्षा सचिवका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रत...

लेखराज भट्टले अस्वीकार गरे ओली समूहको सचिव पद

काठमाडौँ । नेकपा एमालेका सचिव लेखराज भट्टले सचिव पदमा उम्मेदवार नबन्ने बताएका छन् । अध्यक्ष केपी शर्मा ओली समूहबाट सचिव उम्मेदवारमा नाम आएपछि भट्टले त्यसबारे आफूलाई जानकारी नभएको बताए । नेकपा एमालेको जारी ११औँ महाधिवेश...

कालीकोटमा नेकपाका शाही विजयी

कर्णाली । कालीकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही विजयी भएका छन् ।  प्रतिनिधिसभा सदस्य पदका लागि बिहीबार सम्पन्न निर्वाचनको परिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी...

उम्मेदवारबारे आफूखुसी प्रचार नगर्न रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारबारे सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्...

मधेस प्रदेशमा सरकार गठनका लागि आह्वान गर्न सात दलको आग्रह

जनकपुरधाम । नेपाली कांग्रेससहित सात दलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेको छ । प्रदेश प्रमुख कार्यालयमा आज कांग्रेस, जस...