मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

Main News Image

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ। बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने भनिएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कार्यसम्पादन समितिको बैठक बोलाइएको हो।

विशेष महाधिवेशन पक्षधर नेताहरूले पुस २७ देखि २८ गतेसम्म काठमाडौंमा विशेष महाधिवेशन गर्ने तयारी गरेपछि पार्टी सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका नेताहरूसँग छलफल थालेका छन् । विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाउने र विभाजनसम्मको स्थितिमा पुर्‍याउने भन्दै त्यसलाई रोक्न देउवाले छलफल थालेका हुन् । सोहीअनुसार देउवाले बिहीबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग छलफल गरेका थिए ।

देउवाले महाराजगञ्जस्थित निवासमा बोलाएर कार्यवाहक सभापतिसँग काउण्टर मुभबारे छलफल गरेका हुन्। यही पुस २६ देखि २८ सम्म तोकिएको १५औँ महाधिवेशन नहुने भएपश्चात् महामन्त्रीद्वय थापा र शर्मा विशेष महाधिवेशन बोलाउने तयारीमा जुटेका छन्। हल खोज्ने, विधानमा काम गर्नेलगायत आवश्यक तयारीमा उनीहरू जुटेपछि त्यसलाई रोक्न संस्थापन पक्षले छलफल थालेको हो ।

mediabaaji add

सम्बन्धित खबर

६ सरकारी कागजातका आधारमा मतदान गर्न पाइने

काठमाडौँ । निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न पाइने जनाएको छ । आयोगले मतदाता परिचयपत्र नभए पनि ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक प्रस्तुत गरे मतदान गर्न सकिने स्पष्ट पारेको हो । आयोगका अनुसार मतदान गर्न मतदाता नामावलीमा न...

उपचारका लागि देउवा दम्पती सिंगापुर प्रस्थान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । उनी सोमबार राति पत्नी आरजु राणासहित उपचारका लागि सिंगापुर गएका हुन् । देउवा दम्पती सोमबार राति सिंगापुर एयरलाइन्समार्फत सिं...

राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनीलबहादुर थापाले राजीनामा दिएका छन् । आसन्न राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्न थापाले राजीनामा दिएको बताइएको छ । थापाको नामा धनकुटाबाट राष्ट्रियसभा निर्वाचन...

बालुवाटारमा बालेनसँग रविको ४५ मिनेट

काठमाडौँ । सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबीच बढ्दो संशय र तिक्तताबीच प्रधानमन्त्री वालेन्द्र शाह बालेन र रास्वपा सभापति रवि लामिछानेबीच ४५ मिनेट भेटवार्ता भएको छ । प्रधानमन्त्री बालेनलाई भेट्न लामिछाने आइतबार साँझ बालुवाटार पुगेका थिए।...

प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । स्वच्छ, स्वतन्त्र र निश्पक्ष तथा भयरहित वातावरणमा मतदान कार्य सम्पन्न गर्ने उद्देश्यका साथ निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्...

कसैले पनि औँला ठड्याउन नसक्ने गरी लालपूर्जा दिनेछौं _मन्त्री रावल

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेका छन् । 

मन्त्री गुरूङसँगै सरकरका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, सङ्घी...