कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने विषयमा बैठकमा छलफल हुने जानकारी दिए ।
बैठक चैत १ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । कांग्रेसले उक्त बैठकमा उपस्थित हुनका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
एमालेका ३ चर्चित नेता : केन्द्रीय सदस्यमा पनि पराजित
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेकपा एमालेको ११औँ महाधिवेशनमा ३ चर्चित नेताहरू पदाधिकारीसँगै केन्द्रीय सदस्यमा पराजित भएका छन् । महासचिवमा प्रतिस्पर्धा गरेका सुरेन्द्र पाण्डे पराजित भए । उनी केन्द्रीय सदस्यमा पनि निर्वाचित हुन सकेनन् ।...
प्रतिनिधिसभाको बैठक बस्दै, दुई समितिको पनि बैठक बस्दै
काठमाण्डौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले...
सुधनको राजीनामापछि प्रधानमन्त्रीले नै गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्ने
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि गृहमन्त्रालयको जिम्मेवारी तत्कालका लागि प्रधानमन्त्री बालेन शाह स्वयंले सम्हाल्ने भएका छन् । गुरुङको राजीनामापछि प्रधानमन्त्रीले उक्त जिम्मेवारी आफू मातहत नै राखेको प्रधानमन्त्रीको सचिवालयले...
रास्वपा सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि भारत प्रस्थान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी भाजपाका नेता नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने केहीबेर अघि भारततर्फ लागेका हुन् ।
...आज बस्दै एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको छ । शुक्रबार दिउँसो १ बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिए । उनका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ । बि...
प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ ।



