मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

कांग्रेस केन्द्रीय समिति बैठक : एकता कायम गर्दै निर्वाचनमा केन्द्रित हुन अपिल

Main News Image

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीभित्र एकता र सद्भाव कायम राख्दै आगामी दिनमा अघि बढ्ने निर्णय गरेको छ । शनिबार काठमाडौँमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीभित्रको एकता, आपसी सद्भाव र सहकार्यबाटै निर्वाचनलगायतका चुनौती सामना गर्न सकिने निष्कर्ष निकालेको हो ।

सोही आधारमा देशभरका नेता तथा कार्यकर्तालाई एकता र सद्भाव कायम राख्दै अघि बढ्न अपिल गर्ने निर्णय गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीलाई पुर्‍याएको योगदान र दिएको नेतृत्वको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय पनि गरेको छ। आगामी दिनमा पनि देउवासहित अग्रज नेताहरूको अभिभावकत्व पार्टीमा रहिरहने विश्वास बैठकले व्यक्त गरेको प्रवक्ता चालिसेले बताए ।

mediabaaji add

सम्बन्धित खबर

दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण देखाउन सर्वोच्चको आदेश

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरी थुनामा राख्नुको कारण र आधार खुलाई लिखित जवाफ पेस गर्न सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै परेको बन्दीप्रत्यक्षीकरण रि...

प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा ६ जनाको नाम सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ। परिषद्को बैठकले आगामी चैत १८ गतेदेखि रिक्त हुने प्रधानन्यायाधीशको नियुक्तिका लागि नाम सिफारिस गरेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका...

हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा चुनाव लड्ने घोषणा

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी सार्वजनिक गर्दै “म सुनसरी–१ बाटै प्रत...

शिक्षामन्त्री पुनको भनाइ : विदेश घुमेर अर्थतन्त्र बन्दैन

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले मन्त्री बनेपछि आएका पाँचवटै विदेश भ्रमणका निमन्त्रणा अस्वीकार गरेको बताएका छन् । देशको अर्थतन्त्र नसुधारेसम्म प्रगति सम्भव नभएको भन्दै उनले विदेश भ्रमणले अर्थतन्त्र नबन्ने स्पष्ट पारेका छन् ।

शेखरले देउवाको साथ छाड्न लागेको संकेत !

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकताबारे निर्वाचन आयोगने निर्णय नगर्दासम्म देउवाको साथमा उभिएका नेता शेखर कोइरालाले देउवालाई दिइरहेको बलियो साथ फितलो बन्न थालेको छ । देउवा पक्षले आज आफू पक्षके केन्द्रीय समिति बैठक राखेका बेला शेखर भने आफ्नो समू...

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको चालु सातौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको हो ।

आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भ...