सातै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस, नयाँ गठबन्धनको तयारी
काठमाडौँ । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको छ। एमालेसँगको समीकरण तोडेर नयाँ राजनीतिक गठबन्धन निर्माणको दिशामा अघि बढ्ने निष्कर्षमा कांग्रेस पुगेको हो ।
कांग्रेसका एक पदाधिकारीले एमालेसँगको वर्तमान सहकार्य अन्त्य गर्ने निष्कर्षमा पुगिएको पुष्टि गर्दै नयाँ राजनीतिक विकल्पमा छलफल भइरहेको बताएका छन्। ‘एमालेसँगको गठबन्धन तोड्ने निष्कर्षमा पुगेका छौँ, कोर्स त्यही दिशामा अगाडि बढेको छ,’ ती पदाधिकारीले भने ।
जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोण र प्रदेश सरकारमा एमालेको कार्यशैलीप्रति बढेको असन्तुष्टि नै सहकार्य तोड्नुको मुख्य कारण रहेको बताइएको छ। यो निर्णयसँगै कांग्रेसले एमाले सहभागी भएका प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
ढिला होला, तर गलत हुँदैन, नआत्तिनुहोस् :नागरिकलाई धैर्य गर्न प्रधानमन्त्री शाहको अपिल
काठमाडौँ । धानमन्त्री बालेन शाहले मुलुकमा दीर्घकालीन सुधार र परिवर्तनका लागि केही समय लाग्ने भन्दै देशवासीलाई धैर्य धारण गर्न अपिल गरेका छन्। पछिल्ला राजनीतिक घटनाक्रम र राज्य संरचना सुधारका क्रममा देखिएका चुनौतीहरूबारे स्पष्ट पार्दै उनले सही नतिज...
प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने भएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले आज सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री शाहको भारत भ्रमण हुने बताउँदै मितिका सम्बन्धमा भने सार्वजनिक समाचारमा उल्लेख भए...
रास्वपा र विवेकशील साझा पार्टीबीच एकता घोषणा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ । काठमाडौंमा आइतबार आयोजित एकता घोषणा सभामा दुई दलका नेताहरूले एकीकरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरे । रास्वपाका तर्फबाट कार...



