एमाले अध्यक्ष ओलीलाई अभिनन्दन
काठमाण्डौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दमक २ को हिमशिखर टोल विकास संस्थामा आयोजित कार्यक्रममा अभिनन्दन गरिएको छ । विकास निर्माण र राष्ट्रियताका पक्षमा लिएको अडान र अगुवाईको उच्च सम्मान गर्दै अभिनन्दन गरिएको टोल विकास संस्थाले जनाएको छ ।
अभिनन्दनका क्रममा स्थानीय यहाँ आवश्यक विकासका बाँकी कामहरु पूरा गरि दिन समेत आग्रह गरे । यस्तै सोहि वडाको झोलुङ्गे पुल नजिक आयोजित कार्यक्रममा स्थानीयले सो पुलका कारण स्थानीयको दैनिक सहज भएको उल्लेख गरे । यहाँको भूमि सम्वन्धि समस्या समाधान समेत गरि दिन स्थानीयको माग थियो । ओली आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं। ५ का उम्मेद्वार रहेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
कुलमानले गरे विपद् प्रभावित रोशी क्षेत्रको निरीक्षण
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले गत वर्ष असोजमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले क्षति पुर्याएको काभ्रेपलान्चोकको रोशी गाउँपालिका र न...
एमाले केन्द्रीय कमिटी बैठक : ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित
काठमाडौं। नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिन अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ। ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा जारी बैठकमा अध्यक्ष ओलीले प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूल...
हर्क, बालेन, रेनु लगायतको राजीनामा : ६ महिनाभित्र उपनिर्वाचन हुने
काठमाडौँ । कतिपय प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारीले राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन् । ती पद रिक्त भएका स्थानमा ६ महिनाभित्र उपनिर्वाचनको मिति तय गरिने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रम...



