आइतबार, ०४ असोज २०८३
नेपाली

कृत्रिम खुट्टाकै बलमा सेभेन समिट पूरा: हरि बुढामगरले अन्टार्टिकाको शिखरमा गाडे नेपाली झण्डा

Main News Image

बेलायत। ‘शरीरको कुनै अङ्ग नहुँदैमा सपना सकिँदैन’ भन्ने सन्देशलाई जीवनमै उतार्दै हरि बुढामगरले विश्वकै सबैभन्दा कठिन मानिने सेभेन समिट (सातै महादेशका अग्ला शिखर) आरोहण पूरा गरेका छन्। यही पुस २२ गते करिब माइनस २५ डिग्री चिसोबीच अन्टार्टिकाको माउन्ट भिन्सन (४,८९२ मिटर) को सफल आरोहणसँगै उनले ऐतिहासिक उपलब्धि हासिल गरेका हुन्।

दुवै खुट्टा घुँडामुनि गुमाएका पूर्व गोर्खा हरि बुढामगरले कृत्रिम खुट्टाको सहारामा विश्वका सातै महादेशका अग्ला चुचुरामा पाइला टेक्दै नयाँ कीर्तिमान स्थापित गरेका छन्। रोल्पाको दुर्गम गाउँ मिरुलमा जन्मिएका ४६ वर्षीय हरि आज विश्व समुदायका लागि साहस, धैर्य र आत्मविश्वासको प्रेरणादायी प्रतीक बनेका छन्।

आफ्नो अनुभव सुनाउँदै उनले भने, “तीव्र हावा र कठ्याङ्ग्रिदो चिसोले औँला जमिरहेका थिए। अनुहारमा चिसोको जलन थियो। धेरैपटक आफैँमाथि शंका जाग्यो। भगवानमा विश्वास नगर्ने म पनि सफल होऔँ भनेर मनमनै प्रार्थना गरिरहेको थिएँ।”

उनका अनुसार आत्मविश्वास, निरन्तर अभ्यास र हार नमान्ने अठोटकै कारण असम्भव देखिने लक्ष्य सम्भव भयो।

“यो उपलब्धि सजिलै आएको होइन,” उनले भने, “युद्धमै मृत्यु जितेर फर्किएको मान्छे हुँ। जीवनमा हरेक काम चुनौतीपूर्ण हुन्छ, तर त्यसलाई पार गर्न विश्वास चाहिन्छ।”

उनले आफू फरक क्षमता भएका व्यक्तिहरूलाई आफ्नो सामर्थ्य चिनेर सपनातर्फ अघि बढ्न प्रेरित गर्न चाहेको बताए।

यसअघि बुढामगरले १९ मे २०२३ मा सगरमाथा (८,८४८.८६ मिटर), ८ जनवरी २०२० मा अफ्रिकाको किलिमन्जारो (५,८९५ मिटर), १३ अगस्ट २०१९ मा फ्रान्सको मोन्ट ब्ल्याङ्क (४,८०९ मिटर), न्यु गिनीको पुन्चाकजयु (४,८८४ मिटर), २८ जुन २०२४ मा अलास्काको डेनाली (६,१९० मिटर) र २२ फेब्रुअरी २०२५ मा अर्जेन्टिनाको एकोनकागुआ (६,९६१ मिटर) आरोहण गरिसकेका थिए।

रूसको माउन्ट एल्ब्रस हाल पहुँचयोग्य नभएकाले सेभेन समिटमा मोन्ट ब्ल्याङ्क समावेश गरिएको र यसलाई गिनिज वर्ल्ड रेकर्ड्सले समेत मान्यता दिएको बताइएको छ।

माउन्ट भिन्सनको शिखरमा उभिँदाको अनुभूति सम्झँदै उनले भने, “आँखाले देखेजति क्षितिजभरि हिउँ नै हिउँ थियो, स्वर्गजस्तै लाग्यो।”

कृत्रिम खुट्टाको सहारामा अन्टार्टिकाको शिखरमा नेपाली झण्डा फहराउँदै हरि बुढामगरले ‘मेहनत र विश्वास भए असम्भव केही हुँदैन’ भन्ने सन्देश विश्वसामु स्थापित गरेका छन्।

mediabaaji add

सम्बन्धित खबर

पशुपतिनाथमा महाशिवरात्रीको तयारी तिब्र

काठमाडौँ । पशुपतिनाथमा यस वर्षको महाशिवरात्रीको तयारी तिब्र पारिएको छ ।  पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा मर्मत, सरसफाई र रंगरोगन गरिरहेको छ । यही फागुन ३ गते आइतबार त्रयोदशीका दिन पर्ने महाशिवरात्री पर्वमा पशुपति क्षेत्रमा दर्शन गर्...

बन्द भएको २६ वर्षपछि व्युँतिँदै हेटौंडा कपडा उद्योग, सेनाले थाल्यो मेसिन मर्मत र सरसफाइ

काठमाडौँ । एक समय नेपाली औद्योगिक विकास र स्वदेशी उत्पादनको प्रमुख परिचय बनेको हेटौंडा कपडा उद्योगको आफ्नै ऐतिहासिक पहिचान छ ।उद्योगको नाम सुन्नासाथ धेरै नेपालीको मनमा अझै पनि ‘स्वदेशमा उत्पादित गुणस्तरीय कपडा’ को छवि ताजै छ ।

स्वदेशमै कपडा...

पशुपतिनाथमा धनुर्मास पूजा

काठमाडौँ । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा बिहीबार रातभर धनुर्मास पूजा आराधना गरिएको छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ ।...

युवा उद्यमशीलता र रोजगारीमा केन्द्रित भएर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौँ । विभिन्न सचेतनामूलक तथा प्रोत्साहनमूलक कार्यक्रमहरूको आयोजना गर्दै आज देशभर भव्य रूपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसका लागि ‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने मूल नारा तय गरिएको छ । समाज र राष्...

जंगली बँदेलका लागि श्रीमानले थापेको विद्युतीय धरापमा परेर श्रीमतीको मृत्यु

गुल्मी । गुल्मीमा जंगली बँदेल नियन्त्रणका लागि श्रीमानले थापेको विद्युतीय धरापमा परेर श्रीमतीको दुःखद मृत्यु भएको छ । बाली जोगाउन राखिएको करेन्टमा परेर धुर्कोट गाउँपालिका(५ मन्टारीका ६६ वर्षीय भेषराज भण्डारीकी ६० वर्षीया श्रीमती हुमकला भण्डारीको म...

बैतडीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु

बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ साँडीघाँटीमा आज बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको हो । दुर्घटनामा परेर तीन ज...