शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

कृत्रिम खुट्टाकै बलमा सेभेन समिट पूरा: हरि बुढामगरले अन्टार्टिकाको शिखरमा गाडे नेपाली झण्डा

Main News Image

बेलायत। ‘शरीरको कुनै अङ्ग नहुँदैमा सपना सकिँदैन’ भन्ने सन्देशलाई जीवनमै उतार्दै हरि बुढामगरले विश्वकै सबैभन्दा कठिन मानिने सेभेन समिट (सातै महादेशका अग्ला शिखर) आरोहण पूरा गरेका छन्। यही पुस २२ गते करिब माइनस २५ डिग्री चिसोबीच अन्टार्टिकाको माउन्ट भिन्सन (४,८९२ मिटर) को सफल आरोहणसँगै उनले ऐतिहासिक उपलब्धि हासिल गरेका हुन्।

दुवै खुट्टा घुँडामुनि गुमाएका पूर्व गोर्खा हरि बुढामगरले कृत्रिम खुट्टाको सहारामा विश्वका सातै महादेशका अग्ला चुचुरामा पाइला टेक्दै नयाँ कीर्तिमान स्थापित गरेका छन्। रोल्पाको दुर्गम गाउँ मिरुलमा जन्मिएका ४६ वर्षीय हरि आज विश्व समुदायका लागि साहस, धैर्य र आत्मविश्वासको प्रेरणादायी प्रतीक बनेका छन्।

आफ्नो अनुभव सुनाउँदै उनले भने, “तीव्र हावा र कठ्याङ्ग्रिदो चिसोले औँला जमिरहेका थिए। अनुहारमा चिसोको जलन थियो। धेरैपटक आफैँमाथि शंका जाग्यो। भगवानमा विश्वास नगर्ने म पनि सफल होऔँ भनेर मनमनै प्रार्थना गरिरहेको थिएँ।”

उनका अनुसार आत्मविश्वास, निरन्तर अभ्यास र हार नमान्ने अठोटकै कारण असम्भव देखिने लक्ष्य सम्भव भयो।

“यो उपलब्धि सजिलै आएको होइन,” उनले भने, “युद्धमै मृत्यु जितेर फर्किएको मान्छे हुँ। जीवनमा हरेक काम चुनौतीपूर्ण हुन्छ, तर त्यसलाई पार गर्न विश्वास चाहिन्छ।”

उनले आफू फरक क्षमता भएका व्यक्तिहरूलाई आफ्नो सामर्थ्य चिनेर सपनातर्फ अघि बढ्न प्रेरित गर्न चाहेको बताए।

यसअघि बुढामगरले १९ मे २०२३ मा सगरमाथा (८,८४८.८६ मिटर), ८ जनवरी २०२० मा अफ्रिकाको किलिमन्जारो (५,८९५ मिटर), १३ अगस्ट २०१९ मा फ्रान्सको मोन्ट ब्ल्याङ्क (४,८०९ मिटर), न्यु गिनीको पुन्चाकजयु (४,८८४ मिटर), २८ जुन २०२४ मा अलास्काको डेनाली (६,१९० मिटर) र २२ फेब्रुअरी २०२५ मा अर्जेन्टिनाको एकोनकागुआ (६,९६१ मिटर) आरोहण गरिसकेका थिए।

रूसको माउन्ट एल्ब्रस हाल पहुँचयोग्य नभएकाले सेभेन समिटमा मोन्ट ब्ल्याङ्क समावेश गरिएको र यसलाई गिनिज वर्ल्ड रेकर्ड्सले समेत मान्यता दिएको बताइएको छ।

माउन्ट भिन्सनको शिखरमा उभिँदाको अनुभूति सम्झँदै उनले भने, “आँखाले देखेजति क्षितिजभरि हिउँ नै हिउँ थियो, स्वर्गजस्तै लाग्यो।”

कृत्रिम खुट्टाको सहारामा अन्टार्टिकाको शिखरमा नेपाली झण्डा फहराउँदै हरि बुढामगरले ‘मेहनत र विश्वास भए असम्भव केही हुँदैन’ भन्ने सन्देश विश्वसामु स्थापित गरेका छन्।

mediabaaji add

सम्बन्धित खबर

विश्वविद्यालयको प्रशासनिक ढिलासुस्तीको सजाय विद्यार्थीलाई दिन मिल्दैन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले विश्वविद्यालयको आन्तरिक सुस्तता वा प्रशासनिक ढिलासुस्तीका कारण विद्यार्थीले पाउनुपर्ने हक र सम्मानबाट वञ्चित गर्न नमिल्ने भनी व्याख्या गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयले एलएलएम तहमा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थ...

वैशाख १ गते मात्र फुल्ने फूलबारीमा बिहानैदेखि घुइँचो

काठमाडौँ । सिराहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक स्थल सलहेश फूलबारीमा आज नयाँ वर्ष २०८३ को अवसरमा भव्य मेला लागेको छ । हरेक वर्ष वैशाख १ गते मात्र फुल्ने विश्वास गरिने दुर्लभ सुनाखरी फूलको दर्शन गर्न र पूजाअर्चना गर्न आज बिहानैदेखि श्रद्धालुहरूको...

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाका संरक्षक डा बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।

विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरूको स्वास्थ्य र सुविधालाई लक्षित गर्दै विद्यालयमा स्वचलित ‘सेनेटरी प्याड’ वितरण मेसिन जडान गर्न थालेको छ । महिनावारीको समयमा छात्रालाई सहजता र आत्मविश्वा...

सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ । देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश...

लाइसेन्सको विवरण अब विभागको फेसबुकमा

काठमाडौँ । यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र लाइसेन्सको विवरण अब फेसबुकमा राख्ने भएको छ । विभागले बिहीबार सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका ला...