बुधबार, ११ कात्तिक २०८३
नेपाली

प्रहरीमा जाहेरी दिँदै सर्वोच्च अदालत, आगजनीमा प्रयोग भएका रसायनको फरेन्सिक जाँच गरिने

Main News Image

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालतमा भएको आगजनीमा संलग्नलाई कारबाहीको माग गर्दै सर्वोच्च प्रशासनले प्रहरीमा जाहेरी दिने तयारी गरेको छ । स्रोतका अनुसार अदालत प्रशासनले फरेन्सिक परीक्षणपछि मात्रै फोहोर सफा गर्ने निर्णय गरेको छ । सर्वोच्च प्रशासनले आगजनीमा संलग्नलाई कुनै हालतमा छुट नदिने अडान राखेको छ ।

गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा संसद भवनदेखि सर्वोच्च अदालत र सिंहदरबारसम्मका सरकारी संरचनामा आगो लागेको थियो । त्यस क्रममा सर्वोच्चको महत्त्वपूर्ण कागजात र अभिलेख नष्ट भएको थियो । सर्वोच्च प्रशासनले पनि आगजनीको फरेन्सिक परीक्षणको आवश्यकता औँल्याउँदै आएको छ । सुरक्षा प्रमुखहरूसँग भएको छलफलमा प्रशासनले आगजनीमा संलग्नलाई छूट नदिने र फरेन्सिक जाँच अनिवार्य हुने अडान राखेको थियो।
साथै, अदालत परिसरमा जलेका सवारी साधन र कार्यालयको फोहोर सफा गर्दा फरेन्सिक परीक्षण नगरे प्रमाण हराउन सक्ने र घटनाको वास्तविकता पत्ता लगाउन कठिन हुने बताइएको छ ।

 

mediabaaji add

सम्बन्धित खबर

नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ परेका छन् । निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कट्टेललाई कीर्तिपुरबाट पक्राउ गरेको हो ।

अहिलेसम्म उक्त पार्टी ४ जना पक्राउ...

सरकार गरिबको होइन, सुकुम्बासीमाथि दमन गर्ने सरकार हो : हर्क साम्पाङ

यो सरकार गरिबमैत्री भएन : हर्क साम्पाङ

काठमाण्डौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अहिलको सरकार गरिबमैत्री नभएको आरोप लगाएका छन् । शनिबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष साम्पाङले महँगीको मारले नागरिक आजित...

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले भागेको भनिएका तत्कालीन ऊर्जामन्त्री दीपक खड्का आफ्नो जलेको घरबाटै सार्वजनिक भएका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि तत्कालीन ऊर्जामन्त्री खड्का...