आयोगले भन्यो : मतदाता नामावली संकलनमा अनधिकृत व्यक्तिको पहुँच छैन
काठमाडौँ । निर्वाचन आयोगको मतदाता नामावलीमा अनधिकृत व्यक्तिको पहुँच बढेको भन्ने हल्लामा सत्यता नरहेको बताएको छ । सामाजिक सञ्जालमा अनधिकृत व्यक्तिको पहुँच बढेको बहस सुरु भएसँगै आयोगले प्रष्टिकरण दिएको हो । आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आयोग सम्बन्धी आएका दाबीहरूमा ध्यानाकर्षण भएको जानकारी दिएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नागरिकका कानुन बमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिबद्ध रहेको छ। यसका लागि आयोगसँग सम्बद्ध सूचना प्रविधिसम्बन्धी विज्ञहरूले सूचना प्रणालीको निरन्तर अनुगमन गर्ने, सुरक्षा जोखिम विश्लेषण गरी सूचना प्रणाली सुरक्षाका लागि अपनाउनुपर्ने सबै उपायहरू अवलम्बन गर्ने कार्य गरिरहेका छन्।’
निर्वाचन आयोगको सूचना प्रणालीबाट लिइएको पीडीएफ फाइल निर्वाचनको लागि कानुनी रूपमा निर्वाचन कार्यालय र राजनीतिक दललाई उपलब्ध गराइएका सूचनाहरू भएको बताएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
दिउँसो १ बजेसम्म खस्यो ४४ लाख ५५ हजार मत
काठमाडौँ । देशभर जारी मतदानमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । बिहीबार बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रियामा दिउँसो १ बजेसम्म कुल ४४ लाख ५५ हजार ७९० मत खसेको छ । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार यो देशभरको कुल मतदाता संख्याको कर...
एमालेले राष्ट्रियसभाका ६ उम्मेदवार टुंगो लगायो
काठमाडौँ । नेकपा एमालेले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । गठबन्धनबाट सात सिट पाएको एमालेले कोशीबाट रोशनी मेचे, बागमतीबाट डा प्रेमकुमार दंगाल, गण्डकीबाट सम्झना देवकोटा, लुम्बिनीबाट रामकुमारी...



