मौसम सफा, अर्को प्रणाली नआएसम्म मौसम खुलिरहने, चिसो भने रहिरहने
काठमाडौँ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले उक्त प्रणाली बाहिरिएको र पश्चिमी वायुको प्रभाव कायम रहेकाले कतैकतै उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य असर देखिने भए पनि आजदेखि मौसम खुल्ने बताए ।
आज तराई भू–भागका धेरै स्थानमा हुस्सु–कुहिरो रहने, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातरवर्षाको हुनसक्ने जनाइएको छ ।
उनले चिसो भने केही दिन रहन सक्ने बताउँदै अब अर्को प्रणाली नआएसम्मलाई मौसम खुल्ने जानकारी दिए । उक्त प्रणालीले बुधबार काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा गराएको थियो । विशेषगरी यो प्रणालीले मधेस र कोशी प्रदेशलाई सामान्यभन्दा छुन सकेन । उक्त प्रणालीले काठमाडौँमा २.२, ललितपुरमा ४.८ र भक्तपुरमा समाान ४.८ मिलिमिटर वर्षा गराएको छ । सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर वर्षा भएको छ ।
रुकुमको शेरागाउँमा ३८ मिलिमिटर र जाजरकोटमा ३३ मिलिमिटर, बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, बाजुरमा ३०.२, मनाङमा ३२.४ र डोल्पामा ३१ मिलिमिटर वर्षा भएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
भोटेकोशी बाढी : १२ हजारको उद्धार, १३ सय हाराहारीको शव भेटियो, पाँच हजार अझै बेपत्ता
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितमध्ये हालसम्म ५ हजार ३८४ जनाको स्वास्थ्य उपचार गरिएको छ। बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै हजारौँ नागरिक प्रभावित भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रा...
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
काठमाडौँ । आज २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो ।...
कतारमा भएको विस्फोटमा नेपाली घाइते
काठमाडौँ । कतारको रस लाफान औद्योगिक सहरमा रहेको ग्यास प्रशोधन प्लान्टमा भएको भीषण विस्फोटमा परी नेपाली नागरिक पनि घाइते भएका छन् । उक्त घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । टाइम्स अफ इन्डियाका अनुसार ज्यान गुमाउनेहरूमध्ये १२ जना भारती...
भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडौँ । रुकुम पूर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका १ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो ।
लोकमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाध...
आज राति पृथ्वी राजमार्गमा सम्पूर्ण सवारी आवागमन बन्द
धादिङ । आज राति पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द गरिने भएको छ । धादिङ प्रमुख प्रशासन कार्यालयले सूचना जारी गर्दै आज बेलुकी ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाइएको हो ।
प्रशा...
बझाङको कोट्देवल केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प
बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लास्थित कोट्देवललाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ४:४० बजेको समयमा ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।
उक्त भूकम्पको कम्पन बझाङक...



