सोमबार, ०९ कात्तिक २०८३
नेपाली

साउने सोमबारका लागि पशुपतिमा सरसफाइ अभियान

Main News Image

काठमाडौँ । पशुपति क्षेत्रमा साउने सोमबारको तयारी स्वरूप सरसफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप गत हप्तादेखि सफाइ अभियान सञ्चालन गरिएको हो ।  

सरसफाइको दोस्रो साता शनिबार पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको कोष सञ्चालक परिषद् सदस्यसमेत रहेका स्थानीय एवं पशुपतिका भण्डारी केदारमान भण्डारीले जानकारी दिए । शनिबारको सफाइका क्रममा दर्शनका लागि भक्तजन लाम बस्ने चारै ढोकाअघिको क्षेत्र एवं प्रवेश मार्ग क्षेत्रमा पनि सफाइ गरिएको उहाँले बताए । दक्षिणामूर्ति, उमाकुण्ड, पशुपति बजार, भुवनेश्वरी, गौशाला, बज्रघर, तिलगङ्गा र वनकाली क्षेत्रमा पनि सफाइ गरिएको छ।

mediabaaji add

सम्बन्धित खबर

एकैदिन मुस्ताङ भित्रिए सात हजार पर्यटक

मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन छ हजार ८५९ पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै उक्त सङ्ख्यामा...