आइतबार, ११ असोज २०८३
नेपाली

आज हरितालिका तीज : व्रतको शास्त्रीय महत्त्व, पौराणिक कथा र विधि

Main News Image

काठमाडौँ । आज हिन्दू धर्मावलम्बी नारीहरू देवादिदेव महादेवको पूजा–आराधना गरी हरितालिका तीज मनाउँदैछन्। भाद्र शुक्ल पक्षको तृतीया तिथिका दिन हरितालिका व्रत तीजको व्रत बस्ने परम्परा छ । महर्षि आपस्तम्बले उल्लेख गरेअनुसार चतुर्थीसहितको तृतीया तिथि यस व्रतका लागि उत्तम फलदायक मानिन्छ। द्वितीया तिथिसँग योग भएको दिन भने हरितालिका व्रत गर्नु हुँदैन ।

यस दिन विवाहित महिला पतिको दीर्घायु र अविवाहित महिला सुयोग्य वरको कामना गर्दै व्रत बस्ने गर्छन्। शास्त्रीय रूपमा महिला र पुरुष दुवैले यो व्रत गर्नुपर्ने विधान भए पनि समाजमा भने महिलाले मात्र श्रीमान्‌को दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा स्थापित छ। भाद्र शुक्ल तृतीयाका दिन व्रत बसी शिव–पार्वतीको पूजा र उपासना गर्नाले सुख, शान्ति तथा कल्याण प्राप्ति हुने धार्मिक विश्वास रहँदै आएको छ।

पौराणिक कथाअनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा कठोर तपस्या गरी महादेवलाई पतिको रूपमा पाउने वरदान पाएकी थिइन्। पिता हिमालयले उनको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि पार्वतीले आफ्ना सखीहरूलाई उक्त समस्या सुनाएकी थिइन्।

mediabaaji add

सम्बन्धित खबर

नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ युवकको मृत्यु

काठमाण्डौँ । मकवानपुरको हेटौँडामा भएको सवारी दुर्घटनमा दुई युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका १९ बस्तीपुरमा ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

पर्सा । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रौतहट जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीे विष्णुप्रदीप बस्यालका अनुसार मोटरसाइकल अनियन्त्रित भएर द...

१ महिनामा साढे ७ लाख यात्रुले गरे त्रिभुवन विमानस्थलमा आवतजावत

काठमाण्डौँ । अंग्रेजी नयाँ वर्षको पहिलो महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे ७ लाख यात्रुले आवागमन गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जनवरीमा ७ लाख ४८ हजार ७ सय ९६ यात्रु मुभमेन्ट देखिएको हो ।

जसअन...

उदयपुरमा जङ्गली हात्तीको उपद्रो, स्थानीयवासी रातभर जाग्राम

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१०, हँडिया क्षेत्रमा जङ्गली हात्तीले गाउँ पसेर उपद्रो मच्चाएको छ । दैनिक रातिका समयमा हात्ती गाउँ प्रवेश गरेर घरमा थन्क्याएका खाद्यन्न तथा बालीमा नास गर्न थालेकाले स्थानीयवा...

फेरि नयाँ मौसमी प्रणाली भित्रिँदै, पूर्वका दर्जनौँ जिल्लामा भारी वर्षाको सम्भावना

काठमाडौँ । अरब सागरमा बनेको मौसमी प्रणालीका कारण देशका विभिन्न स्थानमा हाल वर्षा र हिमपात भइरहेको छ । सो प्रणाली बाहिरिएर बुधबारेदेखि सुधार आउने भए पनि बिहीबार साँझदेखि फेरि अर्को मौसम प्रणाली भित्रिने भएको छ । मौसमविद...