शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

चिलिमेले बनाउने भयो चुम्चेत स्यार खोला जलविद्युत् आयोजना

Main News Image

काठमाडौँ । सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ। सो आयोजनाको क्षमता ४५ मेगावाट बराबर रहेको छ ।

चिलिमे जलविद्युत् कम्पनीले निर्माण गर्ने सो आयोजनाको आयोजना स्थल गोरखाको चुम्चेतमा रहेको छ । बुढीगण्डकी नदीमा निर्माण हुने सो आयोजना नदी प्रवाही प्रकृतिको हो । आयोजनाबाट वार्षिक तीन सय ४८ गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन हुनेछ । उत्पादित बिजुली प्रस्तावित न्यू बुढीगण्डकी प्रोक सवस्टेशनमा जोडिनेछ । कूल एक सय १० किलोमिटर लामो दुई सय २० केभी क्षमताको प्रसारण लाइनमार्फत जोडिनेछ। सो प्रसारण लाइन राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले निर्माण गर्दैछ ।

रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी जस्ता आयोजना निर्माण सम्पन्न भइसकेकाले आयोजनाको अभाव रहेको चिलिमे जलविद्युत् कम्पनीका लागि स्यार खोला अर्को एउटा महत्वपूर्ण परियोजनाका रुपमा रहेको छ । यस्तै, विभागले मिडिल लिखु जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ। सो आयोजना आठ दशमलव ६० मेगावाट रहेको छ। रामेछापको साँघुटारमा आयोजना निर्माण हुनेछ ।

विभागले छोमरोङ खोला जलविद्युत् आयोजनालाई पनि विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । घान्द्रकु हाइड्रोले निर्माण गर्ने सो आयोजना चार दशमलव ८९ मेगावाट बराबर छ । विभागले हालसम्म दुई सय ६३ आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । ती आयोजनाको कूल क्षमता ११ हजार ९७ मेगावाट बराबर छ। विभागले चालु आवको हालसम्म १३ जलविद्युत् आयोजनालाई विद्युन् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ ।

 

mediabaaji add

सम्बन्धित खबर

एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले दिए राजीनामा

काठमाडौँ । एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले राजीनामा दिएका छन् । आइतबार बसेको सञ्चालक समितिको बैठकमा अग्रवालले राजीनामापत्र बुझाएका हुन् । उनको राजीनामा सोही बैठकबाट स्वीकृत गरिएको बैंकले जानकारी दिएको छ । कुनै समय आक्रामक बैंकिङको...

सुनको मूल्यमा भारी गिरावट, प्रतितोला कति ?

काठमाडौँ । सोमबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुनको मूल्य प्रत...

सूर्यकुण्ड हाइड्रोको आईपीओ बाँडफाँड, ५७ हजार २४३ जनाले हात पारे शेयर

काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले आज बिहान आईपीओ बाँडफाँड गरेको हो । यस कम्पनीले माघ १८ गतेदेखि माघ २१ गतेसम्म सर्वसाधारणका लागि प्...

बजेटको मुखैमा हरियालीः कारोबार समेत बढ्यो !

काठमाडौँ । बजेटको मुखमा शेयर बजारमा हरियाली देखिन थालेको छ । आगामी बजेटमार्फत शेयर बजारसँग सम्बन्धित केही महत्वपूर्ण विषयहरू सम्बोधन हुने अपेक्षाले लगानीकर्तामा उत्साह थपिएको छ । बजारमा देखिएको पछिल्लो सुधारलाई यही आशासँग जोडेर विश्लेषण गर्न थालिए...

बागलुङमा यस वर्ष २६ करोड ९० लाख बराबरको सुन्तला बिक्री

ढोरपाटन । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो । गतवर्षको तुलनामा यस वर्ष रु ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ । यस वर्ष औसा किराको समस्या नहुँदा उत्पादन वृद्धि भ...

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको प्राथमिकता

काठमाडौँ । सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्‍याउन, बढी भएको बिजुली क्षेत्रीय तथा उपक्षेत्रीय स्तरमा बिक्री वितरणका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने समयसीमा सार्वजनिक गरेको छ ।

प्रसारण लाइन निर्माणमा देखिएक...