शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

चिलिमेले बनाउने भयो चुम्चेत स्यार खोला जलविद्युत् आयोजना

Main News Image

काठमाडौँ । सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ। सो आयोजनाको क्षमता ४५ मेगावाट बराबर रहेको छ ।

चिलिमे जलविद्युत् कम्पनीले निर्माण गर्ने सो आयोजनाको आयोजना स्थल गोरखाको चुम्चेतमा रहेको छ । बुढीगण्डकी नदीमा निर्माण हुने सो आयोजना नदी प्रवाही प्रकृतिको हो । आयोजनाबाट वार्षिक तीन सय ४८ गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन हुनेछ । उत्पादित बिजुली प्रस्तावित न्यू बुढीगण्डकी प्रोक सवस्टेशनमा जोडिनेछ । कूल एक सय १० किलोमिटर लामो दुई सय २० केभी क्षमताको प्रसारण लाइनमार्फत जोडिनेछ। सो प्रसारण लाइन राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले निर्माण गर्दैछ ।

रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी जस्ता आयोजना निर्माण सम्पन्न भइसकेकाले आयोजनाको अभाव रहेको चिलिमे जलविद्युत् कम्पनीका लागि स्यार खोला अर्को एउटा महत्वपूर्ण परियोजनाका रुपमा रहेको छ । यस्तै, विभागले मिडिल लिखु जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ। सो आयोजना आठ दशमलव ६० मेगावाट रहेको छ। रामेछापको साँघुटारमा आयोजना निर्माण हुनेछ ।

विभागले छोमरोङ खोला जलविद्युत् आयोजनालाई पनि विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । घान्द्रकु हाइड्रोले निर्माण गर्ने सो आयोजना चार दशमलव ८९ मेगावाट बराबर छ । विभागले हालसम्म दुई सय ६३ आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । ती आयोजनाको कूल क्षमता ११ हजार ९७ मेगावाट बराबर छ। विभागले चालु आवको हालसम्म १३ जलविद्युत् आयोजनालाई विद्युन् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ ।

 

mediabaaji add

सम्बन्धित खबर

सरकारले नै दियो अनुमति, उद्योगीले बढाए ग्यासको भाउ

काठमाण्डौँ । उद्योगीले खाना पकाउने ग्यासको भाउ बढाएका छन् । पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ढुवानी लागत बढेको बहानामा उद्योगीले ग्यासको भाउ प्रतिसिलिन्टर १ सय ५ रुपैयाँ १८ पैसा बढाएका हुन् । मूल्य बढेसँगै अब प्रतिसिलिन्डर ग्यासको भाउ दुई हजार ६० रुप...

नेशनल लाइफको ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स’ भव्य रूपमा सम्पन्न, उत्कृष्ट शाखा र प्रमुख सम्मानित

काठमाडौँ । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने ब्रान्च म्यानेजर्सलाई सम्मान गर्दै चालु आर्थिक वर्षका व्यावसायिक रणनीति, व्यवसाय विस्तार तथा कर्मचारीको क्षमता अभिवृद्धिसम्बन्धी छलफल र प्रशिक्...

सुनको मूल्यमा भारी गिरावट, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज सुन तोलामा चार हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम सुनको मूल्य चार लाख ५८ हजार ६०...

सामान्य अंकले घटेर बन्द भयो नेप्से, ४ अर्ब ६८ करोडको कारोबार

काठमाडौँ । साताको पाचौं अर्थात् अन्तिम कारोबार दिन नेप्से परिसूचक ०.९३ अंकले घटेर २५६०.१५ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ४ लाख ४९ हजार ४९६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६८ करोडको सेयर कारोब...

कति पुग्यो डलरको मूल्य ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ५० पैस...

नेप्सेमा ४.५९ अंकको वृद्धि, कारोबार ४ अर्ब ९० करोड

काठमाडौँ । साताको पाँचौ अर्थात् अन्तिम कारोबार दिन नेप्से परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड ८० लाखको सेयर कारोबार भएको छ ।

आज...