चिलिमे तातोपानीमा स्नान गर्नेको घुइँचो
रसुवा । रसुवास्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा पुनः वृद्धि हुन थालेको छ । तातोपानीमा स्नान गरेमा विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ । २०७२ साल वैशाख १२ को विनासकारी भूकम्पले आमाछोदिङ्मो गाउँपालिका– ५ स्थित तातोपानी कुण्डलाई असर पारेको थियो ।
कुण्डमा पुनः तातोपानी निस्केपछि स्नान गर्ने भक्तजनको सङ्ख्या वृद्धि हुनथालेको हो । तातोपानी नुहाउनका लागि दैनिक रूपमा सरदर १०–१५ जना आउने स्थानीयवासी सिङ्गी तामाङले जानकारी दिए । उनका अनुसार तातोपानी धारामा स्नान गरेपछि शरीरको रोग निको हुन्छ । करिब दुई दशक अगाडि ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रमले सो स्थानमा ढुङ्गेधारा तथा पोखरी निर्माणमा सहयोग गरेको थियो ।
नुवाकोट मेघाङ गाउँपालिका–२ बुङ्ताङ निवासी ६४ वर्षीया लालीमाया तामाङका अनुसार तातोपानी नुहाउँदा आफ्नो शरीरका विविध रोग निको भएको दाबीसमेत गरे । विदुर नगरपालिका बट्टार निवासी रामप्रसाद पौडेल र देवकी पौडेलसमेतले शारीरिक रोग निधानका लागि तातोपानी अत्यन्तै उपयोगी भएको बताए । अन्यत्र जिल्लाबाट समेत सो स्थानमा स्नान गर्न भक्तजन आकर्षित भइराखेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
अस्ट्रेलियामा अनियन्त्रित कार घर भत्काउँदै भित्र पस्यो, सुतिरहेकी नेपालीको मृत्यु
काठमाडौँ । अस्ट्रेलियामा अनियन्त्रित कार घरभित्र पस्दा घरमा सुतिरहेको नेपाली महिलाको ज्यान गएको छ । शुक्रबार राति छोरीको घरमा सुतिरहेकी विष्णुकुमारी गुरुङको दुर्घटनामा मृत्यु भएको हो । परिवारका अनुसार उनी ३ दिन अघि मात्र नेपालबाट अस्ट्रेलिया पुगेक...
नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै
काठमाडौँ । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ इ सं ८८० मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका...
सरकारले जागिर लगाइदिने आशामा सहिद पत्नी मञ्जु
सुनसरी । जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएर सहिद भएको इटहरी–१४ का मोहन सरदार घर बनाउने मिस्त्रीको काम गर्थे । गत भदौ २३ गते जेनजी पुस्ताको आन्दोलनबारे उनलाई खासै जानकारी थिएन । गाउँकै श्रवण सरदारसँग बजार जाने नि...
बालेनको निर्देशनपछि थापाथलीका सुकुम्बासीले बस्ती खाली गर्न थाले
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र बालेन शाहले अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएपछि थापाथलीस्थित सुकुम्बासीहरूले बस्ती खाली गर्न थालेका छन् । प्रधानमन्त्री शाहले आउँदो शनिबार र आइतबार अतिक्रमित बस्तीहरू खाली गराउन सबै सुरक्षा निकाय...
नेपालमा पश्चिम वायुको आंशिक प्रभाव,मुख्यतया मौसम सफा रहने
काठमाडौँ । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ । सोमबार दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश, गण्...
उपरजिस्ट्रार पराजुलीको निधन, आजका लागि तय भएका सबै सुनुवाइ स्थगित
ललितपुर । उच्च अदालत पाटनमा कार्यरत उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको मंगलबार बिहान निधन भएको छ। उहाँको निधनप्रति शोक व्यक्त गर्दै अदालतले आजका लागि तय भएका सबै मुद्दाको सुनुवाइ स्थगित गरेको छ ।
अदालतले सूचना जारी गरी अदालत परिवार शोकमा रह...



