बुधबार, ११ कात्तिक २०८३
नेपाली

चिलिमे तातोपानीमा स्नान गर्नेको घुइँचो

Main News Image

रसुवा । रसुवास्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा पुनः वृद्धि हुन थालेको छ । तातोपानीमा स्नान गरेमा विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ । २०७२ साल वैशाख १२ को विनासकारी भूकम्पले आमाछोदिङ्मो गाउँपालिका– ५ स्थित तातोपानी कुण्डलाई असर पारेको थियो ।

कुण्डमा पुनः तातोपानी निस्केपछि स्नान गर्ने भक्तजनको सङ्ख्या वृद्धि हुनथालेको हो । तातोपानी नुहाउनका लागि दैनिक रूपमा सरदर १०–१५ जना आउने स्थानीयवासी सिङ्गी तामाङले जानकारी दिए । उनका अनुसार तातोपानी धारामा स्नान गरेपछि शरीरको रोग निको हुन्छ । करिब दुई दशक अगाडि ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रमले सो स्थानमा ढुङ्गेधारा तथा पोखरी निर्माणमा सहयोग गरेको थियो ।

नुवाकोट मेघाङ गाउँपालिका–२ बुङ्ताङ निवासी ६४ वर्षीया लालीमाया तामाङका अनुसार तातोपानी नुहाउँदा आफ्नो शरीरका विविध रोग निको भएको दाबीसमेत गरे । विदुर नगरपालिका बट्टार निवासी रामप्रसाद पौडेल र देवकी पौडेलसमेतले शारीरिक रोग निधानका लागि तातोपानी अत्यन्तै उपयोगी भएको बताए । अन्यत्र जिल्लाबाट समेत सो स्थानमा स्नान गर्न भक्तजन आकर्षित भइराखेका छन् ।

 

mediabaaji add

सम्बन्धित खबर

सिलिन्डर लगेका स्थानीयलाई फिर्ता गर्न प्रहरीको माइकिङ

मुग्लिङ । भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर निकालेर लगेका स्थानीयलाई प्रहरीले ती सिलिन्डर फिर्ता गर्न आग्रह गरेको छ । प्रहरीले मुग्लिङ क्षेत्रमा माइकिङ गर्दै बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर तथा अन्य सामग्री आफूसँग नराखी स...

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सूचना जारी गर्दै २०८३ साल वैशाख १४ गतेदेखि कक्षा १२ का साधारण, प्राविधिक तथा परम्परागत धारतर्फ...

तिहारको पाँचौ दिन : आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै

काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको...