मधेसमा मुख्यमन्त्रीको सकस : कांग्रेसका यादव र लोसपाका सोनलको दाबी
काठमाडौँ । मधेस प्रदेशमा मुख्यमन्त्रीको दाबी आज पेस गर्नुपर्ने छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन् । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कृष्ण यादव र पूर्वमुख्यमन्त्रीसमेत रहेका लोसपाका नेता जितेन्द्र सोनलले दाबी नछाड्दा मधेस प्रदेशमा मुख्यमन्त्री टुंग्याउन सात दललाई सकस परेको छ ।
बिहीबार दिनभर बसेको सातदलको बैठकले पनि मुख्यमन्त्रीमा सहमती जुटाउन नसक्दा शुक्रबार बिहान नौबजेपछि दल फेरि छलफलमा बसेका छन्। सात दलको हिजो जनकपुरमा सात घण्टा बैठक बसेपनि कुनै निष्कर्ष ननिस्किएको एक सांसदले बताए ।
हिजोको सात दलको बैठकले मुख्यमन्त्रीमा दाबी नगरेका प्रदेश सभाका चार दललाई यादव र सोनलमध्ये एक जनाको नाम मुख्यमन्त्रीमा टुंग्याउने जिम्मा पाएका छन्। जसपा, जनमत, माओवादी केन्द्र र एकीकृत समावादीले मुख्यमन्त्रीको नाम टुंग्याउने जिम्मेवारी पाएका हुन् । सात दलको बैठकमा यादव र सोनलले दाबी नछाडेपछि माओवादी संसदीय दलका नेता भरत साहले मुख्यमन्त्रीको नाम टुंग्याउने जिम्मा चार दललाई दिन प्रस्ताव गरेका थिए।
साहको प्रस्ताव अनुसार नै बैठकले मुख्यमन्त्रीको नाम टुंग्याउने जिम्मा चार दलले पाएका हुन् । हिजोको बैठकमा यादव र सोनल दुवैले चार दलले जसको नाम टुंग्याए पनि त्यो आफूहरुलाई मान्य हुने प्रतिवद्धता जाहेर गरेका ती सांसदको भनाई छ ।
एक्सप्रेस
सम्बन्धित खबर
देउवा, ओली र प्रचण्डबीच भेटवार्ता, झापामा सघाउन ओलीको अनुरोध
काठमाडौँ । नेपाली कांग्रेसका निबर्तमान सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहार प्रचणडबीच भेटवार्ता भएको छ । भेट आइतबार भएको स्रोत बताउँछ ।
आगामी चुनाबमा शेरबहादुर देउवा...
समानुपातिक निर्वाचनका लागि पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मंसिर २० गतेदेखि सञ्चालन हुँदैछ । आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्याल...
रास्वपा महाधिवेशन : भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनको मिति नजिकिँदै जाँदा चितवनको भरतपुरमा चहलपहल बढेको छ । यही असार ७ देखि ९ गतेसम्म भरतपुरमा आयोजना हुने महाधिवेशनका लागि पार्टीका नेता, कार्यकर्ता, प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकहरू...
एमाले केन्द्रीय कमिटी बैठक : ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित
काठमाडौं। नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिन अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ। ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा जारी बैठकमा अध्यक्ष ओलीले प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूल...
रवि र छविको मुद्दामा आज पेसी
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा उच्च अदालत बुटवलमा आज पेसी तोकिएको छ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोश...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्यो
काठमाडौँ । आज दिनको २ बजे बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए अनुसार उक्त बैठक स्थगित गरी अब सोमबार दिउँसो २ बजे का लागि बोला...



