निर्धक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्त भण्डारीको आह्वान
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सम्पूर्ण मतदातालाई निर्धक्क भएर मतदान गर्न आह्वान गरेका छन् । उनले निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी सबै तयारी पूरा भइसकेको जानकारी दिँदै आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह गरे।
‘निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला हो र जनताले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने अधिकारलाई निर्वाचनले वैधता र सुनिश्चितता प्रदान गर्छ। त्यसैले भोलि २०८२ फागुन २१ गते बिहीबार आ–आफ्ना मतदान केन्द्रमा उपस्थित भइ निर्धक्क मतदान गर्नुहुन म सम्पूर्ण मतदातालाई हार्दिक अनुरोध गर्दछु,’ उनले भने । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ र परिपक्व बनाउने विश्वास व्यक्त गरे । निर्वाचन आयोग स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन पूर्ण रूपमा तयार रहेको उनले बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
आईजीपीलाई जिम्मेवारीबाट हटाएर प्रहरीभित्र भएको अनियमितताबारे छानबिन गर्न खगेन्द्र सुनारको माग
काठमाडौँ । सत्तारूढ दलका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीमा जुत्ता, मोजा, कपडालगायतका सामान खरिदमा अनियमितता भएको विषयमा तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन् । लेखा समितिको बैठकमा बोल्दै प्रहरी महानिरीक्षक आईजीपी माथि प्रश्न उठिसकेको अवस्...
प्रधानमन्त्रीज्यू आउनुहुन्न भने रक्षामन्त्रीलाई बोलाइदिनुस् : साम्पाङ
काठमाण्डौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले रक्षामन्त्रीलाई प्रतिनिधि सभामा उपस्थित गराउन सभामुखसँग माग गरेका छन् । उनले सुस्ता क्षेत्रसँग सम्बन्धित सीमा विवादको विषयमा जवाफ दिन प्रतिनिधि सभामा रक्षामन्त्री...
रिक्त तीन मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले सम्हाल्ने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीले पदबाट राजनीमा दिएपछि रिक्त भएका ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी तोकेका छन् ।
प्रधानमन्त्रीसमक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन...
भक्तपुर दुईमा महेश बस्नेतलाई जिताउन उम्मेदवार नै एमाले प्रवेश
काठमाडौँ । चुनावको मिति नजिकिँदै गर्दा भक्तपुर दुईमा नेकपा संयुक्तबाट उम्मेदवारी दिएका लोककृष्ण दाहालले एमाले उम्मेदवार महेश बस्नेतलाई जिताउन एमाले प्रवेश गरेका छन् । बुधबार दाहालले एमाले उम्मेदवार बस्नेतलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लि...
सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाण्डौँ । सूदुरपश्चिम प्रदेशमा आज राति साधारणतया मौसम बदली रही अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, च...
दुर्गा प्रसाईंका प्रतिनिधिसँग वार्ता गर्दै गृह मन्त्रालय
काठमाडौँ । सरकार र दुर्गा प्रसाईं समूहबीच आज वार्ता हुँदै छ । गृह मन्त्रालयमा हुने वार्तामा प्रसाईंको समूहबाट माधव प्रसाद खतिवडा, देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र प्रसाद रायमाझी, मकब...



