मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु

Main News Image

धनुषा । मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ । मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ। यहाँ रहेका गंगासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ ।

गंथासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतजस्तै यो वर्षपछि गंगासागरको आधा भागमा सजावटको काम गरिरहेको बताए। उनले घाटको सरसफाइ, सजावटदेखि घाटमा विगतभन्दा पनि राम्रो व्यवस्था गरिरहेको बताए । गुप्ताले यो वर्ष प्रतिअर्ध्य ६०० निर्धारण गरिएको बताए। उनले भने, “सबैले दिँदैनन्। नदिनेले पनि यहाँ अर्घ्य राख्छन्। प्रत्येक वर्ष ३००(३५० पुर्जा काट्ने गरेको छ। श्रद्धालु भक्तजनहरूबाट आएको रुपैयाँले यसको व्यवस्थापनमा लाग्ने खर्च निस्किहाल्छ।”

गंगासागरको घाटमा अहिले पण्डाल लगाउने काम अन्तिम चरणमा रहेको छ भने झिलीमिली बत्तीको काम बाँकी रहेको छ। गंगासागरमा तीन वटा समितिले सजावटको काम गर्ने गरेको छ । यस्तै, अरगजासरमा छठको घाटको निर्माण गरिरहेका समितिका सचिव वीरेन्द्र कर्णले दशैं सकिएपछि आफूहरू तयारीमा जुटिसकेको बताए। उनले सजावट तथा सफाइका लागि अहिले काम भइरहेको जानकारी दिए ।

 

mediabaaji add

सम्बन्धित खबर

धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वनजंगलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका...

नारायणी नदीले खतराको तह नाघ्यो, तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको उच्च जोखिम सिर्जना भएको छ । जल तथा ऊर्जा आयोगको सचिवालय, जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेट...

तराईमा हुस्सु–कुहिरो जारी, उपत्यकामा तुवालो र प्रदूषण

काठमाण्डौँ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आज बिहानदेखि हुस्सु लागेको छ भने दिउँसो र रातिसम्म तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो कायम रहने अनुमान गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रद...