मिथिलामा छठ पर्वको तयारी सुरु
सर्लाही । तिहारको समापनसँगै मिथिलाञ्चलमा अब छठ पर्वको रौनक छाएको छ। देशकै प्रमुख धार्मिक पर्वहरूमध्ये एक मानिने छठको स्वागतका लागि यहाँका गाउँ सहर उत्सवमय बनेका छन्। सूर्य भगवान र छठी माताको आराधनाको पर्वका रूपमा मनाइने छठका अवसरमा मिथिलाका पोखरी, तलाउ र नदीघाटहरूमा सरसफाइ, मर्मत र सजावट तीव्र गतिमा भइरहेको छ।
श्रद्धालुहरूले पूजा गर्ने घाटहरूमा खाल्डाखुल्डी पुर्ने, बाटो मर्मत गर्ने, बत्ती र सजावट गर्ने काम धमाधम भइरहेको छ। मिथिलासहित तराई मधेशका बासिन्दा यस पर्वलाई निष्ठा, आस्था र समर्पणसहित मनाउने परम्परा रहिआएको छ। चार दिनसम्म चल्ने यो पर्वका लागि घर आँगनदेखि बजारसम्म उत्सवको माहोल छ। बिभिन्न जिल्लाहरूमा पंडालहरू निर्माण, रंगीन बत्ती झिलिमिली र सजावटले वातावरण झनै उल्लासमय बनेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
युद्धग्रस्त मध्यपूर्वमा नेपाली श्रमिक जाने क्रम रोकिएन, फागुन महिनामै बाहिरिए ५२ हजार बढी
काठमाडौँ । मध्यपूर्वमा बढ्दो युद्ध तनावका बीच सरकारले केही देशमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति स्थगन गरेको भए पनि फागुन महिनामा ५२ हजारभन्दा बढी नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुनमा कुल ५२ हजार ९ सय ४४ जनाले श्रम स्व...
जलविद्युत्को सुरुङभित्र फसेकाहरूको उद्धारको प्रयास जारी
काठमाडौँ । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले दुई दिनदेखि निरन्तर प्रयास गरिरहेको जनाएको छ । उद्धार कार्यअन्तर्गत शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप तीव्रता दिइएको छ...
रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो !
काठमाण्डौँ । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी सीडीओ श्याम कृष्ण थापाले मृतकको संख्या १२ पुगेको अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार, बस खसेको स्थानमा खोजी गर्दा अ...



