हैदराबादसँग चेन्नई १० रनले स्तब्ध, हारको चौकासँगै अंक तालिकामा धक्का
काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलको जारी सिजनमा साविक विजेता चेन्नई सुपर किंग्सको सङ्घर्ष जारी रहेको छ। शनिबार राति राजीव गान्धी स्टेडियममा भएको रोमाञ्चक भिडन्तमा सनराइजर्स हैदराबादले चेन्नईलाई १० रनले पराजित गर्दै स्तब्ध बनाएको हो। यो हारसँगै चेन्नईले जारी सिजनमा चौथो पराजय व्यहोरेको छ ।
पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९४ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । हैदराबादको इनिङ्सलाई मजबुत बनाउन हेनरिक क्लासेन र अभिषेक शर्माले विष्फोटक ब्याटिङ गर्दै समान ५९–५९ रनको योगदान दिए । बलिङतर्फ चेन्नईका ज्यामी ओभरटन र अंशुल कम्बोजले ३–३ विकेट लिए पनि हैदराबादको रन गति रोक्न भने असफल रहे ।
१९५ रनको लक्ष्य पछ्याएको चेन्नईले पुरै २० ओभर खेले पनि ८ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो। चेन्नईको ब्याटिङ लाइनलाई ध्वस्त पार्न हैदराबादका इशान मलिङ्गाले जादुमयी बलिङ गरे। उनले ३ विकेट लिने क्रममा कप्तान ऋतुराज गायकवाड, म्याथ्यू सर्ट र सरफराज खान जस्ता मुख्य ब्याटरलाई आउट गरे। त्यस्तै नीतीश कुमार रेड्डी र प्रफुल्ल हिङ्गेले २–२ विकेट लिएपछि चेन्नई लक्ष्यभन्दा १० रन टाढा रोकियो। शनिबारकै अर्को खेलमा दिल्ली क्यापिटल्सले सानदार प्रदर्शन गर्दै रोयल च्यालेन्जर्स बेंगलुरुलाई ६ विकेटले पराजित गरेको छ। यी खेलहरूको नतिजाले अङ्क तालिकामा समेत रोचक फेरबदल ल्याएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
आहा रारा पोखरा गोल्डकप माघ २७ देखि, १२ टिमबीच भिडन्त, विजेतालाई १२ लाख
पोखरा । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा प...
आईसीसीले स्कटल्यान्डलाई दियो मौका, बंगलादेश विश्वकपबाट बाहिर
काठमाडौँ । स्कटल्यान्ड आईसीसी टी–२० वरीयतामा १४औँ स्थानमा छ । र, अघिल्लो विश्वकपमा स्कटल्यान्डको प्रदर्शन राम्रो थियो । सन् २०२१ को विश्वकपमा स्कटल्यान्डले बंगलादेशलाई नै हराएको थियो । सोही प्रदर्शनका आधारमा स्कटल्यान्डलाई मौका दिइएको हो । स्कटल्य...
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
काठमाडौँ । आइसिसी महिला टी २० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्याण्डसँग आठ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १६ दशमलव पाँच ओभरमा दुई व...
एनपिएलमा जनकपुरको पहिलो जित
काठमाडौँ । दोस्रो नेपाल प्रिमियर लिग एनपिएलमा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । मंगलबार चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरले जारी सिजन पहिलो जितको स्वाद चाखेको हो । यस जितसँगै जनकपुरले अंक तालिकामा...
नेपालले भारतलाई ९२ रनले हरायो
काठमाडौँ । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो । जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभर...
टी-२० विश्वकप : न्युजिल्यान्डले श्रीलंकालाई हराउँदा थप कमजोर बन्यो पाकिस्तानको सम्भावना
काठमाण्डौँ । जारी टी-२० विश्वकपअन्तर्गत सुपर ८ को महत्त्वपूर्ण खेलमा श्रीलंकालाई ६१ रनले हराउँदै न्युजिल्यान्डले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । योसँगै पाकिस्तान अर्को चरणमा पुग्ने सम्भावना भने अझ कमजोर बनेको छ। बुधबार भएको खेलमा जितले...


