आइतबार, ०६ वैशाख २०८३
नेपाली

हैदराबादसँग चेन्नई १० रनले स्तब्ध, हारको चौकासँगै अंक तालिकामा धक्का

Main News Image

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलको जारी सिजनमा साविक विजेता चेन्नई सुपर किंग्सको सङ्घर्ष जारी रहेको छ। शनिबार राति राजीव गान्धी स्टेडियममा भएको रोमाञ्चक भिडन्तमा सनराइजर्स हैदराबादले चेन्नईलाई १० रनले पराजित गर्दै स्तब्ध बनाएको हो। यो हारसँगै चेन्नईले जारी सिजनमा चौथो पराजय व्यहोरेको छ ।

पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९४ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । हैदराबादको इनिङ्सलाई मजबुत बनाउन हेनरिक क्लासेन र अभिषेक शर्माले विष्फोटक ब्याटिङ गर्दै समान ५९–५९ रनको योगदान दिए । बलिङतर्फ चेन्नईका ज्यामी ओभरटन र अंशुल कम्बोजले ३–३ विकेट लिए पनि हैदराबादको रन गति रोक्न भने असफल रहे ।

१९५ रनको लक्ष्य पछ्याएको चेन्नईले पुरै २० ओभर खेले पनि ८ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो। चेन्नईको ब्याटिङ लाइनलाई ध्वस्त पार्न हैदराबादका इशान मलिङ्गाले जादुमयी बलिङ गरे। उनले ३ विकेट लिने क्रममा कप्तान ऋतुराज गायकवाड, म्याथ्यू सर्ट र सरफराज खान जस्ता मुख्य ब्याटरलाई आउट गरे। त्यस्तै नीतीश कुमार रेड्डी र प्रफुल्ल हिङ्गेले २–२ विकेट लिएपछि चेन्नई लक्ष्यभन्दा १० रन टाढा रोकियो।  शनिबारकै अर्को खेलमा दिल्ली क्यापिटल्सले सानदार प्रदर्शन गर्दै रोयल च्यालेन्जर्स बेंगलुरुलाई ६ विकेटले पराजित गरेको छ। यी खेलहरूको नतिजाले अङ्क तालिकामा समेत रोचक फेरबदल ल्याएको छ।

mediabaaji add

सम्बन्धित खबर

खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमण सकेर राजीनामा दिने मुडमा

काठमाडौँ । खेलकुदमन्त्री बलु गुप्ताले अमेरिका भ्रमण सकेर राजीनामा दिने भएका छन् । राजनीतिमा होमिने गरेका मन्त्री गुप्ता अमेरिकाबाट फर्केपछि राजीनामा दिने मुड बनाएका उनीनिकट स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकले अमेरिका भ्रमण स्वीकृत गरिसके...

आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : खेल तालिका सार्वजनिक

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले नेपालमा आयोजना हुने आइसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ । उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । क्यानले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’...

एनपीएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स...

विश्वकपअघि क्यानडासँग भिड्दै नेपाल, मुम्बईका सबै खेलका टिकट सोल्ड आउट

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको तयारीलाई अन्तिम रूप दिने क्रममा नेपाली क्रिकेट टोलीले आज क्यानडासँग आफ्नो अन्तिम अभ्यास खेल खेल्दैछ। अघिल्लो खेलमा यूएईलाई सात विकेटले पराजित गरेर उच्च मनोबलमा रहेको नेपाली टोली क्यान...

एनपीएल क्रिकेट: चार टोली मैदानमा

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्...

क्रिकेट विश्वकपको उपाधिबाट चुक्यो नेपाल, फाइनलमा पराजित

काठमाडौँ । कोलम्बोमा आयोजित ‘पहिलो दृष्टिविहीन महिला टी २० विश्वकप क्रिकेट २०२५’ को फाइनलमा नेपाल पराजित भएको छ । भारतले नेपाललाई सात विकेटले पराजित गर्दै उपाधि जितेको छ । पहिले ब्याटिङ गरेको नेपालले २० ओभर...