आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
गोरखा माइक्रो दुर्घटना अपडेट : मृतक संख्या सात पुग्यो
गोरखा । गोरखामा माइक्रो दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटना हुँदा सात जनाको ज्यान गएको हो । गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो...
बेलायतमा वर्क परमिट ठगी बढ्दै, नेपाली दूतावासको सचेतना
काठमाण्डौँ । बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा नेपालीहरू ठगीमा परेका गुनासो बढेपछि लण्डनस्थित नेपाली दूतावासले सचेत रहन आग्रह गरेको छ। दूतावासका अनुसार नेपालबाट बेलायत आउन चाहने र बेलायतमै रोजगार खोजिरहेका...



