उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल तराई भू भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहेको छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
एक्सप्रेस
सम्बन्धित खबर
मागको एकतिहाइ मात्रै आपूर्ति हुँदा ग्यास अभाव भयोः विभाग
काठमाडौँ । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मागको तुलनामा न्यून ग्यास आपूर्ति भएकाले बजारमा अभाव कायम रहेको निष्कर्ष निकालेको छ । सोमबार दिउँसो विभागले आयल निगम र गुणस्तर तथा नापतौल विभागसहित चारवटा टोली संयुक्त अनुगमन...
यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोसी र गण्डकी प्रदेशको पहाडी भूभागका ए...
ट्रेड युनियनमा लागेका कर्मचारीलाई निर्वाचनमा नखटाइने
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्तरका ट्रेड युनियनमा आबद्ध कर्मचारीलाई आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा नखटाउने निर्णय गरेको छ ।
आयोगका अनुसार निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी संघसंस्थासँग सम्बन्धित राष्ट्रिय स्तरका ट्रेड य...
मौसम पूर्वानुमान : पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बदलीको अवस्था रहनेछ...
यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
काठमाडौँ । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेका कारण भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली र पह...
नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डको नवलपुर र चितवन जोड्ने नारायणी नदी क्षेत्रमा दुईदिन रातिमा सडक बन्द गरिने भएको छ । उक्त खण्डको नारायणी नदी पुलदेखि पश्चिमतर्फको भागमा सडक कालोपत्र गर्न राति...



