यी क्षेत्रमा आज हिमपात र वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी हिमाली भूभागमा साधारणतया बादल लागेको छ । यस्तै पहाडी भूभागमा आंशिक बादल लाग्नुका साथै तराई भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ । अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज देशभर आंशिक बादल लाग्ने अनुमान गरिएको छ । देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
पहाडी र हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्...
मौसम पूर्वानुमान : देशभर बदली र वर्षा गराउने नयाँ मौसमी प्रणाली सक्रिय
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ । तल्लो वायुमण्डलको न्यून चापीय क्षेत्रको प्रभावले अहिले देशका अधिकांश स्थानमा बादल लागेको छ ।
बागमत...
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल लाग्ने र बाँकी भेगका पहाडी तथा तराईमा बादल लाग्नेछ। साथै द...
देशभर मनसुनी वायुको प्रभाव : सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रत्यक्ष प्रभाव परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक अवस्थित छ ।
यतिवेला देशभर साधारणतया...
मौसममा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव- यी ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । काठमाडौंका केही ठाउँमा बिहान पानी छिट्याएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा साधारणतया...
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
काठमाडौँ । काठमाडौं महानगरपालिका–१० धोबी खोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका पक्की भवनहरू भत्काउन सुरु गरिएको छ ।
आजदेखि यहाँ रहेका घरटहरा हटाउन सुरु गरिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिए। उनले भने, ‘उपत्...

