देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेको छ । अहिले देशभर साधारणतया बादल लागेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
सोमबार देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सुकुमबासी बस्तीका विद्यार्थीको समस्यालाई हल गर्न शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सुकुमवासी बस्ती हटाउँदा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजीकरणबारे ६ बुँदे सर्कुलर जारी गरेको छ । मन्त्री सस्मित पोखरेलको निर्देशन पछि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन...
आज देशभर मौसम सफा रहने
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश,...
पश्चिमी भूभागमा आज र भोलि वर्षाको गतिविधि अझै बढ्ने, अन्यत्र के हुन्छ ?
काठमाण्डौँ । देशका अधिकांश भूभागमा अहिले वर्षा भइरहेको छ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी र लुम्बिनी आसपासका क्षेत्रमा भने...
स्थायी व्यवस्थापन नभए पुरानै बासस्थानमा फर्किने सुकुम्वासीहरूको चेतावनी
काठमाडौँ । होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले स्थायी व्यवस्थापनको टुंगो नलगाई आफूहरूलाई हटाउन खोजिए पुरानै बासस्थानमा फर्किन बाध्य हुने चेतावनी दिएका छन् । नगरकोट व्हाइट पानी ट्यांकी अफिस स्थित राष्ट्रिय खानेप...
सामाजिक सद्भाव कायम गर्न गृहको १० बुँदे निर्देशन
काठमाडौँ । धार्मिक तथा सामाजिक सद्भाव खलबलिन थालेपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ । गैरकानुनी गतिविधिमा संलग्न जो–कोहीलाई तत्काल कानुनी दायरामा ल्याउन र कारबाही प्रक्रिया अघि बढाउन प...
धुलिखेल-खावा सडक भोलिदेखि १० दिन रातको समयमा बन्द हुने
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गतको धुलिखेल-खावा सडक खण्डमा आइतबारदेखि राति सवारी आवागमन बन्द हुने भएको छ । सडक स्तरोन्नतिका लागि साँझ ६ बजेबाट बिहान पाँच बजेसम्म सवारी आवागमन बन्द हुने भएको हो । आइतबारबाट १० दिनसम्म राति सवारी आवागमन रोक लगाइने...



