हिमाली भूभागमा वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपात भइरहेको छ ।
आज दिउँसो देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, कोशी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । देशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना : देशभर बदली र हावाहुरीको चेतावनी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभरको मौसममा उल्लेख्य बदलाव आएको जनाएको छ ।
महाशाखाका अनुसार अहिले कोशी,...
पहाड र हिमालमा वर्षा र हिमपात, लुम्बिनीमा ‘भारी’ वर्षाको सतर्कता
काठमाडौँ । आज दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भूभागमा आंशिक बादल...
आज देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षाको सम्भावना
काठमाडौँ । आज आइतबार देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो विशेषगरी हिमाली तथा पहाडी भू–भागमा बादल लाग्ने र अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार पहाडी तथा हिमा...



