हिमाली र पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने
काठमाडौँ । हाल नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखाका साथै स्थानीय र पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।
यस मौसमी प्रणालीका कारण देशका हिमाली र पहाडी भूभागका साथै गण्डकी र बागमती प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहेको छ भने अन्य तराई भेगमा मौसम मुख्यतया सफा रहेको छ ।
अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको रायाल आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १४ मिनेट जाँदा चार दशमलव एक ‘रेक्टरस्केल’को भूकम्प गएको हो ।
मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशमा आंशिक बदली, अन्य स्थानमा सफा रहने
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण कोशी र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भूभागमा आंशिक बादल लागेको छ । साथै बाँकी हिमाली तथा पहाडी भूभागमा मौस...
प्रेस युनियनले सरकारी विज्ञापन रोक्ने निर्णयको देशव्यापी विरोध गर्ने
काठमाडौँ । नेपाल प्रेस युनियनले सरकारी विज्ञापन निजी मिडियामा प्रकाशन-प्रसारण गर्न रोक लगाउने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी परिपत्रमार्फत नेप...
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमै अवस्थित छ...
सडक विभागले बनायो ‘टास्क फोर्स’, राजमार्गका पहिरो पन्छाउन १५५ उपकरण
काठमाडौँ । बर्खा सुरु भएसँगै पहिरो हटाउन देशभर राजमार्गको विभिन्न खण्डमा १ सय ५५ वटा उपकरण परिचालन गरिएको छ। थप १ सय २२ उपकरण तैनाथ राखिएको छ। सडक विभागअन्तर्गत यान्त्रिक महाशाखाले पहिरोको जोखिम रहेका राजमार्गमा पहिरो खस्नासाथ पन्छाउन मिल्ने...
पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना
काठमाण्डौँ । हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ट्रफ, स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हि...



