उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल लाग्ने र बाँकी भेगका पहाडी तथा तराईमा बादल लाग्नेछ। साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा बागमती, मधेस र कोशी प्रदेशका पहाडी भागका केही स्थान र कोशी प्रदेशको तराईका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
एक्सप्रेस
सम्बन्धित खबर
तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ । देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सुरकुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समय...
कोशी, बागमती र गण्डकी सहित धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी र गर्मी
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र देशको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ । यसका कारण कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली भई कोशी र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर...
राष्ट्रिय परिचयपत्र बनाउन झन्झट अन्त्य, अब फाराम भर्नु नपर्ने व्यवस्था लागू
काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र बनाउन प्रारम्भिक विवरण दर्ता गर्नुपर्ने झन्झट हटाउने व्यवस्था लागू गरेको छ। अब सेवाग्राहीहरूले अलग्गै आवेदन फाराम भर्नुपर्ने बाध्यता बिना नै बायोमेट्रिक विवरण दिन सक्ने भएका छन् । मन्त्रालयका अनुसार क...
मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना
बैतडी । मनसुन सक्रिय हुने समय नजिकिँदै जाँदा सम्भावित प्राकृतिक विपदबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि बैतडीमा सशस्त्र प्रहरी बल नेपालले अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ ।
जिल्लाको पुर्चौंडी नगरपालिका–१ हाटमा शुक्रबार अस्थायी म...
दुर्गा प्रसाईं पक्राउ
काठमाडौं । मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईं भक्तपुरस्थित आफ्नै निवासबाट पुनः पक्राउ परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा की प्रतिनिधिसभा सदस्य रचना खतिवडाविरुद्ध अनलाइन तथा सामाजिक सञ्जालमा आपत्तिजनक र चरित्रहत्या गर्...
कोशी र गण्डकीमा भारी वर्षाको चेतावनी, देशका अन्य भागमा यस्तो छ अवस्था
काठमाडौँ । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा सोमबार हल्का बदली भएको छ । कोशी, मधेस, बागमती, गण्डकीसहित लुम्बिनी, कर्णा...



