उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल लाग्ने र बाँकी भेगका पहाडी तथा तराईमा बादल लाग्नेछ। साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा बागमती, मधेस र कोशी प्रदेशका पहाडी भागका केही स्थान र कोशी प्रदेशको तराईका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
एक्सप्रेस
सम्बन्धित खबर
अन्तर्राष्ट्रिय उडान बारे जानकारी लिएर मात्र विमानस्थल आउन आग्रह
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मध्यपूर्वमा क्षेत्रको हवाई मार्गमा लगाइएको प्रतिबन्धले केही अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुने बताएको छ । शनिबार साँझ एक सूचना जारी गर्दै विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ हुने, प...
स्वयम्भू, बालाजु र देवीनगरका सुकुम्बासी वस्ती हटाइँदै
काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि जारी छ । सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा–१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदैछ...
बुटवल-नारायणगढ सडक अझै अवरुद्ध
नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने खण्डमा सडक चिप्लो र हिलो भएपछि यातायात सेवा प्...
भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत भूमि समस्या समाधान समितिले भूमिहिन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रियामा झुटा विवरण वा अभिलेख पेस गर्ने व्यक्तिमाथि का...
भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडौँ । रुकुम पूर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका १ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो ।
लोकमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाध...
बनेपामा टिपरको ठक्करबाट ज्यान गुमाउने स्कुटर चालकको सनाखत, टिपर चालक पक्राउ
काठमाण्डौँ । बनेपामा टिपरले ठक्करबाट ज्यान गुमाउने स्कुटर चालकको सनाखत भएको छ । मृतक काभ्रेको धुलिखेल नगरपालिका ८ घर भइ हाल धुलिखेल नगरपालिका ५ बस्ने अन्दाजी ३१ वर्षीय ओमन प्रधान रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
दुर्घटन...



